कारोबार संवाददाता
मंगलबार, पुष २९, २०७६
485

राष्ट्रियसभा अन्तर्गतको संसदीय समितिहरुले दिएको निर्देशन मन्त्रालयका मन्त्री र कर्मचारीहरुले पालना नगरेको भन्दै सांसदहरुले गुनासो गरेका छन् ।
समितिको सोमबार बसेको बैठकले सदस्यहरुले बजार अनुगमनमा देखिएको समस्या पटक पटक सम्बन्धित मन्त्रालयलाई निर्देशन दिए पनि बेवास्ता गरेको भन्दै सम्बन्धित मन्त्री र कर्मचारीसँग स्पष्टिकरण लिनुपर्ने माग गरे ।

बैठकमा उपस्थित अधिकांश सदस्यहरुले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास लगायतका मन्त्रालयहरुका कर्मचारी तथा मन्त्रीहरुले समितिले दिएको निर्देशन कार्यान्वयन नगरेकाले अनुगनममा जाँदा उपलब्धि मुलक नभएको गुनासो गरे । सांसदहरुले समितिले दिएको निर्देशन कार्यान्वयन नभएकोबारे मन्त्री र कर्मचारीहरको स्पष्टिकरण लिन माग गरे ।
समितिका सदस्यहरुले बजार अनुगमनलाई पूर्णता दिन बजार अनुगमनसँगै छड्के अनुगनलाई प्रभावकारी बनाउनुपर्ने बताइरहँदा सरकारले समितिको निर्देशन किन मान्दैन भन्दै प्रश्न गरेका थिए ।
सदस्यहरुले सम्बन्धित मन्त्रालय र विभागका व्यक्तिलाई बोलाएर अनुगमनका क्रममा पसलेहरुले राखेका समस्या समाधान गर्न डेडलाइन दिने र त्यसपछि मात्रै अनुगमनमा जानुपर्ने बताएक छन् । पटक पटक गनुगमनमा गएपनि परिवर्तन आउन नसकेको सदस्यहरुको बुझाइ छ । दसैं अथवा तिहारको समयमा अनुगमनलाई थप प्रभावकारी बनाइन्छ ।
समिति सभापति तारादेवी भट्टले मन्त्रीहरुलाई समिति बैठकमा बोलाउँदा समय नदिने गरेको बताइन् । समितिको बैठकमा सहभागी हुन तीन दिन अगाडी नै जानकारी गराएर समय माग्दा पनि अन्यौल रहेको भट्टको ठम्याइ छ । सुरु सुरुमा बोलाउँदा मन्त्रीहरु आउने गरेको भएपनि १ वर्षयता नटेर्ने प्रवृति हावी भएको भट्टले बताइन् ।