कारोबार संवाददाता
मंगलबार, पुष २९, २०७६
323

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सहरी विकास मन्त्रालयको पनि पदभार ग्रहण गरेका छन् । सोमबार कार्यभार सम्हाल्दै उनले काठमाडौंको धोबीखोला किनारमा रहेको खाली जग्गामा ज्येष्ठ नागरिकलाई लक्षित गरेर ‘बाजेबज्यै पार्क’ निर्माण गर्नेसम्बन्धी फाइलमा हस्ताक्षर गरे ।
मन्त्री बाँस्कोटाले भने, “नेपालमा यसप्रकारको पार्क पहिलो पटक बन्न लागेको हो । सो पार्क ज्ञान केन्द्रका रुपमा रहनेछ । कोही सुकुल वा कुनै सीप प्रयोग गरेर बस्न सक्छ, कोहीसँग अरु कुनै ज्ञान हुनुसक्छ, त्यो सीप र ज्ञान बाँड्ने थलो यही हुनेछ ।”