कारोबार संवाददाता
बिहिवार, मंसिर ५, २०७६
367

धनकुटा- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भारत सरकारले आफ्नो राजनीतिक नक्सामा नेपालको भूमि समेटेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिधै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै कुरा गर्नुपर्ने बताएका छन् ।
नेपाल प्रेस यूनियन धनकुटाले बुधबार धनकुटामा गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले यस्तो बताएका हुन् । सिमानाको विषयमा सरकारलाई सबैको साथ सहयोग हुँदासमेत सरकारले कूटनीतिक पहल कदमी लिनसमेत नसकेको आरोप उनले लगाए ।
कांग्रेसले प्रधानमन्त्रीलाई विभिन्न परिवेशमा सिमानाको विषयमा कांग्रेसको दरिलो साथ छ भन्दै आड भरोसा दिँदा समेत यस विषयमा सरकारले लिने कदम प्रभावकारी नभएको समेत उनले बताए । दुबै देशमा बलियो सरकार भएको बेला यो विषयलाई उच्चप्राथमिकता दिई समाधान गर्नुपर्ने उनको भनाइ छ ।