कारोबार संवाददाता
बुधवार, मंसिर ४, २०७६
553

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदका केही सदस्यलाइ हटाएर नयाँ मन्त्री नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरुको सपथग्रहण बिहिबार हुने भएको छ । केही मन्त्रीको भने जिम्मेवारी हेरफेर गरेर राष्ट्रपति कार्यालयमा सूची पठाइएको छ । हेरफेर गरिएका र नयाँ मन्त्रीहरुको सपथग्रहण भने बिहिबार हुनेछ ।
स्वास्थ्य मन्त्री उपेन्द्र यादवको मन्त्रालयमा कानुनमन्त्री भानुभक्त ढकाललाई ल्याइएको छ भने ढकालले सम्हाल्दै आएको मन्त्रालय यादवले पाएको, भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा, कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र राज्यमन्त्री रामकुमारी चौधरीलाई जिम्मेवारीबाट हटाइएको छ । घनश्याम भुसाल, बसन्त नेम्वाङ, पार्वत गुरुंग, लेखराज भट्ट, रामेश्वर राय यादव, हृदयश त्रिपाठी र मोती दुगड मन्त्री बन्ने भएका छन् ।