कारोबार संवाददाता
मंगलबार, मंसिर ३, २०७६
356

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले आयोगको आर्थिक वर्ष २०७५-७६ को वार्षिक प्रतिवेदन पेश गरेकी छन् ।
राष्ट्रपति भवन, शीतलनिवासमा सोमबार आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपति भण्डारीसमक्ष कार्यवाहक अध्यक्ष ओझाले प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
यसैगरी राष्ट्रपति भण्डारीसमक्ष मधेशी आयोगका अध्यक्ष डा विजयकुमार दत्तले आयोगको आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन पेश गरे । राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपति भण्डारीसमक्ष अध्यक्ष दत्तले प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।