कारोबार संवाददाता
बुधवार, कार्तिक २०, २०७६
243

कोरम नपुगेपछि संघीय संसद, अर्थ समितिको बैठक स्थगित भएको छ । मंगलबार बिहान सिंहदरबारमा बोलाइएको बैठकमा समितिका सदस्यहरुको गणपूरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको हो ।
बैठक कक्षमा राजस्व सचिव शिशिरकुमार ढुंगाना र समितिका कही सदस्यहरु भने उपस्थित भएका थिए । बैठकका लागि ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ माथि छलफल गर्ने कार्यसूचि तय गरिएको थियो । तर समितिका सदस्यहरुको गणपूरक संख्या नपुगेपछि बैठक आगामी कात्तिक २८ गते बस्ने गरी स्थगित गरिएको छ । २८ गते बिहीबार बिहान ११ बजे बैठक बस्ने गरी मंगलबार बोलाइएको बैठक स्थगित गरिएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए ।