कारोबार संवाददाता
मंगलबार, आश्विन २८, २०७६
398

रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद मोहम्मद अफताब आलमको सेवासुविधा र पारिश्रमिक रोक्का भएको छ । फौजदारी अभियोग लागेका सांसद आलम पक्राउबारे सोमबार संघीय संसद सचिवालयले सूचना जारी गरेको छ ।
आलम आइतबार आफ्नै गृहजिल्ला रौतहटबाट पक्राउ परेका थिए । सूचना प्रकाशन भएपछि उनले सांसदका रुपमा पाउँदै आएको पारिश्रमिक, सेवा र सुविधा स्थगन हुने कानुनी व्यवस्था छ । आलम जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा छन् ।
जिल्ला अदालत रौतहटले असोज २६ गते कर्तव्य ज्यान मुद्दाको सिलसिलामा आलमलाई पक्राउ गर्न अनुमति दिएको संसद सचिवालयको सूचनामा उल्लेख छ । आलमलाई राजपुर नगरपालिका वडा नं १ स्थित इद्रिस गेटबाट सो मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको सूचनामा जनाइएको छ ।

 


सातामा धेरै पढिएको