कारोबार संवाददाता
सोमवार, आश्विन १३, २०७६
553

नेपाली कांग्रेसका युवा नेता गगन थापाले अहिलेको सरकार पञ्चायती व्यवस्था फर्काउन लागिपरेको आरोप लगाएका छन् । दसैं, तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसरमा आइतबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा थापाले यस्तो आरोप लगाएका हुन् ।
नेता थापाले सरकार सरकार कानुन बनाएर मुलुकमा पञ्चायतकालीन अवस्था सिर्जना गर्न खोजिरहेको बताए । उनले भने, “हिजो त कानुन थिएन, अब त कानुन बनाएर राजाको पालामा जस्तो पञ्चायतको स्थिति सिर्जना गर्न खोजिँदै छ ।” उनले सरकारले संसदमा पेश गरिरहेका र बहुमतका आधारमा पारित गरिरहेका विधेयक स्मरण गराए ।
नेता थापाले तत्कालीन राणा र तत्कालीन राजासँग कांग्रेसले गरेको संघर्ष जस्तै अहिले नेपाल कम्यनिस्ट पार्टी (नेकपा) सँग संसदमा संघर्ष चलिरहेको पनि बताए । “राणासँग लडेको जस्तै, राजासँग लडेको जस्तै यो पटक संसदमा एकपछि अर्को कानुनका लागि लड्नु परेको छ हामीले,” उनले भने ।
नेता थापाले शनिबार चितवनमा ज्ञानेन्द्र शाहीमाथि भएको आक्रमणको उदाहरण दिँदै सरकार अभिव्यक्ति स्वतन्त्रतालाई खोसेर निरंकुशताको बाटोमा अगाडि बढेको दाबी गरे ।

काठमाडौं, १२ असोज (कास)ः नेपाली कांग्रेसका युवा नेता गगन थापाले अहिलेको सरकार पञ्चायती व्यवस्था फर्काउन लागिपरेको आरोप लगाएका छन् । दसैं, तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसरमा आइतबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा थापाले यस्तो आरोप लगाएका हुन् ।