कारोबार संवाददाता
बिहिवार, आश्विन ९, २०७६
547

दाङ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले सरकारको विकल्प नखोजेको बताएका छन् । नेपाल प्रेस युनियन दाङले बुधबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले कांग्रेसले सरकारको विकल्प नखोजेको तर सरकारलाई सहि मार्गमा ल्याउनुपर्ने आवश्यकता रहेको बताएका हुन् ।
पछिल्लो समय बरालिँदै गएकाले यसलाई कांग्रेसले सम्हाल्न मात्र खोजेको उनले स्पस्ट पारे । नेता पौडेलले सरकारका कारण नागरिकमा चरम निराशा उत्पन्न भएको समेत बताए । हरेक परिवर्तनमा नेपाली कांग्रेसले अगुवाई गरेको स्मरण गर्दै उनले कांग्रेसले मात्रै नागरिकका समस्या हल गर्ने दाबी गरे ।