कारोबार संवाददाता
बुधवार, आश्विन १, २०७६
304

बाँके- केही दिनअघि बाँकेको खजुरास्थित सीतापुरमा भएको घटनामा संलग्नहरुलाई कडा कारबाहीको माग गर्दै नेपालगञ्जमा विरोध प्रदर्शन गरिएको छ । शुक्रबारदेखि जारी आन्दोलन अन्तर्गत मंगलबार नेपाली कांग्रेसको भ्रातृसंगठन तरुण दलले धम्बोजी चोकमा टायर बालेर बिरोध जनाएको हो ।
२ घन्टा चक्काजाम सहित गरेको विरोध प्रदर्शनमा नेपाली कांग्रेस बाँकेको पार्टी कार्यालयबाट शुरु भएको दबाब -याली बिपि चोक हुँदै धम्बोझी पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै कांग्रेसका प्रदेशसभा सदस्य सुरेन्द्रबहादुर हमालले सरकारले दोषिलाई संरक्षण गर्न खोजेको आरोप लगाउँदै दोषिमाथि कारबाही नगरे आन्दोलनले अझै चर्को रुप लिने चेतावनी दिए । उनले कांग्रेस सत्तामा नभएपनि असक्षम नभएको दाबी समेत गरे । बाँके- केही दिनअघि बाँकेको खजुरास्थित सीतापुरमा भएको घटनामा संलग्नहरुलाई कडा कारबाहीको माग गर्दै नेपालगञ्जमा विरोध प्रदर्शन गरिएको छ । शुक्रबारदेखि जारी आन्दोलन अन्तर्गत मंगलबार नेपाली कांग्रेसको भ्रातृसंगठन तरुण दलले धम्बोजी चोकमा टायर बालेर बिरोध जनाएको हो ।

२ घन्टा चक्काजाम सहित गरेको विरोध प्रदर्शनमा नेपाली कांग्रेस बाँकेको पार्टी कार्यालयबाट शुरु भएको दबाब -याली बिपि चोक हुँदै धम्बोझी पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै कांग्रेसका प्रदेशसभा सदस्य सुरेन्द्रबहादुर हमालले सरकारले दोषिलाई संरक्षण गर्न खोजेको आरोप लगाउँदै दोषिमाथि कारबाही नगरे आन्दोलनले अझै चर्को रुप लिने चेतावनी दिए । उनले कांग्रेस सत्तामा नभएपनि असक्षम नभएको दाबी समेत गरे । कांग्रेस महाधिवेशन प्रतिनिधी लक्ष्मी नारायण शाहले आफूहरुले न्याय नपाउँदासम्म जागरण अभियान र आन्दोलन सँगसँगै जारी राख्ने बताए ।
“न्याय नपाउँदासम्म आन्दोलन रोकिनेवाला छैन, उनले भने, “तर, सँगै जागरण अभियान समेत चलाउने कुरो छ ।” त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य भरतबहादुर न्यौपानेले मुख्य अभियुक्तको खोजी गरेर कानुनी कारबाही नहुँदासम्म आन्दोलन नरोकिने बताउँदै घटनालाई प्रोत्साहन गर्न बाँके प्रहरी प्रशासन सरकारको पछाडि लागेको आरोप लगाए । कोणसभामा बोल्ने अधिकांश वक्ताहरुले ज्यान मार्ने उद्योगको मुद्दा प्रहरीले आफूहरुको दबाबपछि मात्रै दर्ता गर्न मानेको भन्दै मुद्दालाई कमजोर बनाउने षड्यन्त्रका विरुद्ध आफ्नो आन्दोलन रहेको बताएका थिए । आफ्नो पार्टीको कार्यक्रममा जबर्जस्ती प्रवेश गरेका नेकपा समर्थित कार्यकर्ताहरुले आक्रमण गरेर पार्टी सभापति घाइते हुँदा समेत घटनालाई व्यक्तिगत भन्नु सर्वसत्तावाद भएको उनीहरुको टिप्पणी थियो ।
ज्यान मुद्दा दर्ता गरिएका सबैलाई पक्राउ गरी कडा कारबाही नहुँदासम्म कांग्रेस लगायत तरुण दलले खबरदारी गरिरहने बक्ताहरुले बताएका थिए ।सरकार विरुद्ध चर्का नाराबाजी गर्दै तरुण युवा तथा कांग्रेस नेता कार्यकर्ताहरुले बाँके प्रशासन र बाँके प्रहरी विरुद्ध पनि आक्रोश पोखेका थिए । कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको कार्यक्रम चलिरहेको बेला बिहीबार नेकपाका कार्यकर्ताले सभापति कोइरालामाथि कुटपिट गरेको कांग्रेस बाँकेले जनाएको छ । नेकपा कार्यकर्ताको कुटाइबाट कोइरालाको हात भाँचिएको कांग्रेसले दाबी गर्दै आएको छ । शुक्रबार देखि निरन्तर आन्दोलन गर्दै आएको कांग्रेसका भातृ संगठनहरुले निरन्तर आन्दोलन गर्ने बताउँदै बुधबार महिला संघले आन्दोलन गर्ने योजना रहेको बताइएको छ ।