कारोबार संवाददाता
सोमवार, भदौ २३, २०७६
357

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मुलुकको राजनीति तल्लोस्तरमा आइपुगेको टिप्पणी गरेका छन् । महामन्त्री कोइरालाले विपी कोइरालाबाट सिकेर मुलुकको राजनीतिलाई सफा र निष्कलंक बनाउन ढिलो गर्न नहुने बताए ।
आइतबार काठमाडौंमा ‘विपी कोइरालाको डायरी’ लोकार्पण कार्यक्रममा उनले विपी कोइराला जीवनको सुरुवात कालमा बामपन्थी भएको खुलासा पनि गरे । “भारतीय स्वतन्त्र संग्राम आन्दोलनका बेला विपी बामपन्थी हुनुहुन्थ्यो,” विपीका छोरासमेत रहेका महामन्त्री कोइरालाले भनाइ थियो, “पछि भारतीय नेताहरुको प्रभावमा परेपछि विपी प्रजातन्त्रवादी हुनु भयो ।”
महामन्त्री कोइरालाले विपीले ‘तिमी १८ वर्षको भएर पनि कम्युनिष्ट भएनौं भने तिम्रो हृदय नभएको’ भनाइ राख्ने गरेको पनि स्मरण गराए । त्यसैगरी विपीले ‘तिमी २५ वर्षको भएर पनि कम्युनिष्ट छौ भने तिम्रो दिमाग छैन’ भनेर आपूmलाई भनेको पनि स्मरण गरे । कार्यक्रममा कांग्रेस नेता शेखर कोइरालाले संविधान विपरीत अघि बढेको भन्दै सरकारको चर्को आलोचना गरे । उनले प्रदेश र स्थानीय तहको सबै अधिकार संघीय सरकारले हस्तक्षेप गरिरहेको उल्लेख गर्दै आपत्ति पनि जनाए । नेता कोइरालाले मुलुकमा भ्रष्टाचार व्याप्त हुँदा पनि सरकारले नियन्त्रणका लागि ठोस पहल गर्न नसकेको आरोप लगाए ।