कारोबार संवाददाता
आइतवार, भदौ २२, २०७६
375

स्याङ्जा-नेपाली कांग्रेस स्याङ्जाले राज्यको पुनर्संरचना अनुसार जिल्लाका क्षेत्र नं. १ र २ लाई संघीय र प्रादेशिक समिति बनाएर समायोजन गरेको छ । केन्द्रीय समितिले जारी स्थानीय तह संगठनको अन्तरिम निर्देशिका २०७६ बमोजिम संघ र प्रदेशको समायोजन गरिएको हो ।
स्याङ्जा कांग्रेस कार्यालयस्थित पुतलीबजारमा भएको भेलाले संघीय र प्रादेशिक संरचना अनुरुपको कार्यसमिति चयन गरेको छ । संघीय संरचना अन्तर्गत क्षेत्र नं. १ का तुलसीराम रेग्मीको सभापतित्वमा १८ सदस्यीय समिति चयन गरेको छ ।

समितिको उपसभापतिमा जनकराज खनाल र रुकबहादुर क्षेत्री, सचिवमा रामजी भण्डारी र राजुकुमार श्रेष्ठ, सहसचिव दुर्गा केसी, कोषाध्यक्षमा थमनबहादुर बोगटी सहमतिमा चयन भएको कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति कुमार रानाले जानकारी दिएका छन् ।
प्रादेशिक संरचना अनुरुप प्रदेश ‘क’ मा रुकबहादुर क्षेत्रीको सभापतित्वमा समिति गठन भएको छ । समितिको उपसभापतिमा ओमबहादुर भट्ट, सचिवमा डिआर पोखरेल, कोषाध्यक्षमा इन्दिरा केसी, सह–सचिवमा नरेन्द्र विक्रम थापा लगायत ३३ सदस्यीय समिति चयन गरिएको छ ।
प्रदेश ‘ख’ अन्तर्गत जनकराज खनालको सभापतित्वमा १७ सदस्यीय समिति गठन गरिएको छ । समितिको सभापति रामजी भण्डारी र राजकुमार श्रेष्ठ, सहसचिवमा दुर्गा केसी, कोषाध्यक्षमा थम्मनबहादुर बोगटी लगायत अन्य सदस्यहरु रहेका छन् ।
साविक क्षेत्र नं. २ र ३ लाई मिलाएर बनेको क्षेत्र नं. २ संघीय र प्रादेशिक संरचना अनुरुप समायोजन गरिएको छ । संघीय संरचना २ नंम्बरको सभापतिमा देबबहादुर खाँण ‘ईश्वर’ ले नेतृत्व प्राप्त गरेको स्याङ्जा कांग्रेसले जनाएको छ । समितिको उपसभापतिमा अर्जुनप्रकाश अर्याल र हरिबाबु पोख्रेल, सचिवमा महेश भट्टराई र दामोदर लम्साल, शालिकराम देवकोटा, नरबहादुर पौडेल, कोषाध्यक्षमा चेतनारायण श्रेष्ठ, टिकाराम तिवारी, सह–सचिवमा बोला पाठक, सरस्वती बगाले लगायत अन्य सदस्यहरु रहेका छन् ।
संघीय क्षेत्र नं. २ को प्रदेश ‘क’ मा अर्जुनप्रकाश अर्यालको सभापतित्वमा कार्यसमिति चयन गरेको छ । सचिवमा नरबहादुर पौडेल र दामोदर लम्साल, कोषाध्यक्षमा चेतनारायण श्रेष्ठ, सह–सचिवमा सरस्वती बगाले र बोला पाठक लगायत अन्य सदस्यहरु रहेका छन् ।
प्रदेश ‘ख’ मा हरिबाबु पोख्रेलको सभापतित्वमा महेश भट्टराई र शालिकराम देवकोटा सचिव र कोषाध्यक्षमा टिकाराम तिवारी र अन्य सदस्यहरु रहेको काँग्रेस स्याङ्जाका जिल्ला सदस्य बुद्धिसागर भण्डारीले जानकारी दिए ।