कारोबार संवाददाता
शुक्रवार, जेठ २४, २०७६
332

धनगढी-सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संशोधन प्रस्ताव दर्ता गराएको छ । सभामा छलफलमा रहेको प्रदेश सरकारको आगामी आर्थिक वर्षको बु“दा नं. ९३ र ९४ लाई हटाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलले सो प्रस्ताव दर्ता गराएको हो ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रदेश सासंद गोबिन्दराज बोहरा प्रस्तावक र सार्वजनिक लेखा समिति सभापति नन्दाकुमारी बम समर्थक रहेको संशोधन प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता भएको बिहीबारको प्रदेश सभा बैठकमा सभामुख अर्जुनबहादुर थापाले जनाए ।

प्रदेश सांसद बोहराले प्रदेश सभा नियमावली २०७४ को नियम ३७ बमोजिम प्रमुख प्रतिपक्षी दलका तर्फबाट बिहीबार मात्रै सो प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका हुन् । प्रतिपक्षी दलका सासंदहरुले संशोधन प्रस्ताव नीति तथा कार्यक्रम पेश भएको दोस्रो दिन नै दर्ता गर्न चाहेका थिए । तर सभामुख थापाले गर्न मिल्ने नमिल्ने बारे राय लिएर मात्रै दर्ता गर्न दिने भनेपछि प्रमुख प्रतिपक्षी दल बिहीबारसम्म कुरेका थिए ।
प्रमुख प्रतिपक्षी दलका तर्फबाट दर्ता भएको संशोधनको प्रस्तावमा नीति तथा कार्यक्रमको बु“दा नम्बर ९३ र ९४ मा संशोधन हुनुपर्ने उल्लेख छ । संशोधनमा बु“दा नम्बर ९३ मा रहेको ‘मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकूद प्रतियोगितालाई निरन्तरता दिइने छ’ को सट्टामा ‘मुख्यमन्त्री कप खेलकूद प्रतियोगितालाई निरनतरता दिइने छ र खेलाडी छनौट गर्दा जिल्लास्तरीय प्रतियोगिता मार्पmत छनौट गर्ने नीति अवलक्बन गरिने छ’ हुनुपर्ने उल्लेख छ ।
यस्तै बु“दा नम्बर ९४ मा रहेको ‘प्रदेशको विकास र स्वरोजगारीलाई टेवा पुग्ने गरी मुख्यमन्त्री स्यवम सेवा कार्यक्रम तर्जुमा गरी संचालन गरिने छ भन्ने वाक्यांश हटाइनुपर्ने उल्लेख छ ।
प्रदेश सरकारको ठूलो धनराशि स्वयमसेवक परिचालनका नाममा कार्यकर्तालाई वितरण हुने सम्भावना रहेकोले सो बु“दा हटाउन संशोधन प्रस्ताव दर्ता गरिएको प्रस्ताव दर्ता गर्ने प्रदेश सासंद गोबिन्दराज बोहराले बताए । सो प्रस्तावमाथि नीति तथा कार्यक्रम माथिको छलफल सकिएपछि प्रदेश सभामा छलफल हुने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।