कारोबार संवाददाता
बुधवार, चैत्र २६, २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सङ्कटबाट नेपाल र नेपालीलाई जोगाउन नेपाल सरकारलाई हरसम्भव ढङ्गले सघाउने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीका पदाधिकारी, प्रतिनिधिसभामा पार्टीका प्रमुख सचेतक र राष्ट्रियसभाका प्रतिपक्षी नेतासमेत सहभागी बैठकले कोरोना भाइरसको जोखिम सामना गर्न हालसम्म गरिएका तयारीको समीक्षा गरेको छ ।

213
कारोबार संवाददाता
मंगलबार, चैत्र २५, २०७६

नेपालसहित छिमेकी प्रदेश सुदूरपश्चिममा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि कर्णाली सरकारले उच्च सतर्कता अपनाएको छ । कर्णालीमा भारत र तेस्रो मुलुकबाट आउनेको संख्या बढी छ । कसरी सुरक्षा अपनाउने, संक्रमण रोकथाम र नियन्त्रणका लागि आवश्यक रणनीति बनाउन कर्णाली सरकार जुटेको छ ।

307
कारोबार संवाददाता
आइतवार, चैत्र २३, २०७६

पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, कांग्रेस नेता तथा विश्लेषक प्रदीप गिरी लगायतका व्यक्तित्वहरुको पहलमा कोरोना महाव्याधीविरुद्ध सार्वजनिक पहल, नेपाल (कोमविसाप)को शुरुवात भएको छ । शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो पहलको शुरुवात भएको जानकारी दिइएको छ ।

400
कारोबार संवाददाता
आइतवार, चैत्र १६, २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सरकार र आमजनताले कोरोना विरुद्धको लडाईंमा देखाएको सावधानीप्रति धन्यवाद दिँदै थप सतर्क हुन आग्रह गरेका छन् । अध्यक्ष दाहालले शनिबार एक भिडियो सन्देश दिँदै विश्वलाई नै चुनौती दिएको यस महामारीबाट हामी छिट्टै मुक्त हुने र मानव जाति तथा राष्ट्रको एकता र उच्च मनोबलले हामी विजयी हुने दृढ विश्वाससमेत व्यक्त गरेका छन् ।

510
कारोबार संवाददाता
सोमवार, चैत्र १०, २०७६

नेपाल कम्युनिष्ट पार्टी( नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी महामारीका रुपमा देखापरेको कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि सावधानी र चेतना अभिवृद्धि गर्न सिङ्गो पार्टी पंक्ति र जनसमुदायमा आग्रह गरेका छन् ।

469
कारोबार संवाददाता
आइतवार, चैत्र ९, २०७६

विगत लामो समयदेखि प्रहरीको खोजीको सूचीमा रहेका नेकपा विप्लव समूहका रौतहट इन्चार्जलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटले पक्राउ गरेको छ । प्रहरीले नेकपा विप्लव समूहका रौतहट जिल्ला इन्चार्ज सहित २ जनालाई शुक्रबार राती ११ बजे पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब निरिक्षक हेम बहादुर शाहीको नेतृत्वमा गएको टोलीले नेत्रविक्रम चन्द नेतृत्वको माओवादी विप्लव रौतहट जिल्ला इन्चार्ज संकेत भनिने मान कुमार राई र नेकपा (विप्लव) समूहका भातृ संगठन नेपाल युवा संघ रौतहटका जिल्ला अध्यक्ष जगत भन्ने कमल गुरुङलाई पक्राउ गरेको छ ।

432
मुकेश चौधरी
शुक्रवार, चैत्र ७, २०७६

प्रदेश सभाको पाँचौं अधिवेशन माघ ६ गतेदेखि शुरु भएपनि प्रदेश सरकारले प्रदेश सभा सचिवालयमा विधेयक दर्ता नगरेकाले प्रदेश सभाको बैठक बस्न नसकेको जनाइएको छ ।प्रदेशको फागुन ११ गते बसको बैठकमा सामाजिक विकास मन्त्रालयले टेबुल गरेको प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेश खेलकुद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ लाई दफावार छलफलका लागि संसदीय समितिहरूमा पठाएपछि सभामुख अर्जुनबहादुर थापाले ‘अर्को मिति तय नभएसम्मका लागि बैठक स्थगित भएको’ घोषणा गरेका थिए ।त्यसपछि प्रदेश सभाको बैठक बस्न नसकेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी राजपाले विरोध गरिरहेका छन् ।

625
कारोबार संवाददाता
बिहिवार, चैत्र ६, २०७६

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलका संयोजकमा शरत्सिंह भण्डारीले जिम्मेवारी सम्हालेका छन् । अध्यक्ष मण्डलको मङ्गलबार भएको बैठकको निर्णयअनुरुप भण्डारीले राजपाको नेतृत्व लिएका हुन् ।

583
कारोबार संवाददाता
बुधवार, चैत्र ५, २०७६

कोरोना भाइरस (कोभिड—१९) को सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गर्दै राष्ट्रियसभा सदस्यहरुले संसदको काम कारबाही रोक्नुपर्ने माग गरेका छन् । मंगलबार संघीय संसद बाहिर पत्रकारहरुसँग कुरा गर्दै सांसदहरुले विश्वभर फैलिएको कोरोना संक्रमणको सम्भावित जोखिमलाई ध्यान दिँदै संसदको कामकारवाही रोक्नुपर्ने बताएका हुन् ।

580
कारोबार संवाददाता
मंगलबार, चैत्र ४, २०७६

सभामुख अग्निप्रसाद सापकोटाले ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसीसी) सहयोगसम्बन्धी प्रस्ताव छलफलकै चरणमा रहेको बताएका छन् । सिंदरबारमा सोमबार पत्रकारहरुसँगको अनौपचारिक भेटघाटमा उनले एमसिसी प्रस्तावका विषयमा गम्भीर ढङ्गले बहस भइरहेको बताए । “एमसिसी बहसमै छ, कोभिड–१९ का कारण बहस यतातर्फ केन्द्रित भए पनि त्यो बहसमै छ,” उनले भने, “दलहरुभित्र पनि छलफल भइरहेको छ, पारित गर्ने अवस्था आएपछि पारित हुन्छ ।”

949
कारोबार संवाददाता
मंगलबार, चैत्र ४, २०७६

राप्रपाका अध्यक्षत्रय पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले पार्टीको सचिवालय प्रमुख र कोषाध्यक्ष पदमा मनोनयन गरेका छन् ।

763
कारोबार संवाददाता
मंगलबार, चैत्र ४, २०७६

सरकारले नेपालस्थित कूटनीतिक समुदाय, तिनका परिवार र विदेशी नागरिकलाई आफ्नो क्षमताले भ्याएसम्म स्वास्थ्य सुरक्षा उपलव्ध गराउँदै त्यसमा हरतरहले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसङ्घ, त्यसका विशिष्टिकृत निकाय, नेपालको विकासका साझेदार, विदेशी नागरिक र तिनका परिवारलाई कुनै किसिमका असुविधा हुन नदिनेतर्फ सरकार सचेत रहेको पनि बताएको छ ।

605
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन ३०, २०७६

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकका सबै ७५३ स्थानीय तहलाई ठूला जमघट हुने खालका सामाजिक कार्य भोज, उत्सव एवं पर्वमा सहभागी नहुन सर्वसाधारणलाई आह्वान गर्न अनुरोध गरेको छ ।

710
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन ३०, २०७६

गण्डकी प्रदेशसभाको बिहीबारको बैठक स्थगन भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि बैठक स्थगन भएको हो । प्रदेश सभामुख नेत्रनाथ अधिकारीले बैठक शुरु गर्नासाथ काँग्रेसका प्रदेशसभा सदस्य आआफ्नो स्थानबाट उठेका थिए ।

654
कारोबार संवाददाता
बुधवार, फाल्गुन २८, २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. नारायण खड्काले पार्टीभित्र छरपष्ट रूपमा गुट मौलाएको भन्दै त्यसको अन्त्यको लागि पनि आगामी १४औं महाधिवेशनमा नेतृत्व बहुअध्यक्षीय प्रणालीमा जानुपर्ने स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले कांग्रेस लोकतान्त्रिक पार्टी भएकोले पार्टीभित्रका गुटहरु अलि बढिनै छताछुल्ल भएको तर्क गरे । प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता खड्काले भने, “हाम्रो पार्टी लोकतान्त्रिक पार्टी हो, हुन त हरेक पार्टीमा गुट हुन्छन् । तर, हाम्रोमा अलिक बढी नै भयो । हामी सबैले अराजक स्वतन्त्रताको उपयोग गरेका छौं ।

672