कारोबार संवाददाता
बिहिवार, मंसिर १३, २०७५

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्वीट्जरल्याण्डको महिला फोरमले नेपालको पहिलो अस्पताल वीर अस्पताललाई ह्वीलचेयर प्रदान गरेको छ ।

775
कारोबार संवाददाता
बुधवार, मंसिर १२, २०७५

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालका विभिन्न जिल्लाहरुमा परोपकारी तथा सामाजिक कार्यहरु स्थापनाकालदेखि नै गर्दै आएको छ ।

776
कारोबार संवाददाता
बुधवार, मंसिर १२, २०७५

ढाडमा आएको ट्युमरले थलिएका नुवाकोटका वासुदेव तिमल्सिनालाई कोरियामा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन् । विदुर नगरपालिका वडा नम्बर ११ गेर्खुटार घर भएका वासुदेवको उपचारका लागि किस्पाङ–३ काउले नुवाकोटका शिवप्रसाद भट्टको अगुवाइमा संकलन भएको ९२ हजार रूपैयाँ शनिबार पीडित २३ वर्षीय तिमल्सिनालाई हस्तान्तरण गरिएको हो ।

700
कारोबार संवाददाता
बुधवार, मंसिर १२, २०७५

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टका पिता यदु भट्टको निधन भएकोमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् नर्वेले समवेदना व्यक्त गरेको छ ।

787
कारोबार संवाददाता
बुधवार, मंसिर १२, २०७५

यूएईमा कमाएको पैसा बैंकिङ च्यानलमार्फत् पठाउँदा यूएईमा रहेका एक्सचेन्ज कम्पनीहरूले विभिन्न उपहार दिन थलेका छन् । करिब डेढ सय एक्सचेन्ज हाउसहरू रहेको यूएईमा करिब २० एक्सचेन्जले नेपाल कारोबार गर्ने गरेको देखिन्छ । नेपाल तथा अन्य देशमा कारोबार गर्ने एक्सचेन्ज हाउसहरूले बेला–बेलामा विभिन्न अफरहरू ल्याउने गरेका छन् । सुन, ल्यापटप, मोबाइल, घडी, पैसालगायत उपहार प्रदान गर्ने एक्सचेन्ज हाउसहरूले बेलाबेलामा ग्रहक तान्नको लागि पनि यस्तो अफर ल्याउने गरेका छन् ।

981
कारोबार संवाददाता
आइतवार, मंसिर ९, २०७५

सार्वजनिक नीति निर्माणलाई मूर्तरूप दिन गैरआवासीय नेपाली संघ (एनआरएनए) को थिंक–ट्यांक र नेपाल सरकारको थिंक–ट्यांकबीच औपचारिक रूपमा साझेदारी सुरु भएको छ ।

879
कारोबार संवाददाता
शुक्रवार, मंसिर ७, २०७५

रोजगारीको सिलसिला, व्यापार–व्यवसाय, अध्ययन तथा विभिन्न कामको लागि विदेशमा रहेका नेपालीहरुलाई नेपालको हरेक निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न पाउने व्यवस्था मिलाउन माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवास विभागले प्रमुख निर्वाचन आयुक्तलाई बिहीबार ज्ञापनपत्र बुझाएको छ ।

629
कारोबार संवाददाता
बुधवार, मंसिर ५, २०७५

गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिकको ६ औं क्षेत्रीय सम्मेलन तथा प्रथम महिला एसिया प्यासिफिक सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । एनआरएनए हङकङले क्षेत्रीय सम्मेलन तथा प्रथम महिला एसिया प्यासिफिक सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

1097
गोपाल संग्रौला
सोमवार, मंसिर ३, २०७५

कोरियाले रोजगार अनुमती प्रणाली (इपीएस) मार्पmत माग गर्ने नेपाली युवाको संख्या गत वर्षभन्दा बढाउने भएको छ । कोरियाका रोजगारदाताले नेपाली कामदार इमान्दार, मेहेनती र अवैधानिक बस्नेको संख्या कम रहेको जनाउदै माग बढाउदै लगेको हो । कोरिया इपीएस मार्पmत नेपाली कामदारको माग बढाउन थालेपछि नेपालले पनि रोजगार आवेदन दिएका थप ४ हजार युवाको नाम कोरिया पठाएको छ । कोरिया सरकारले अगामी वर्ष थप नेपाली युवाको माग गर्ने जनाउदै आएको छ ।

2944
कारोबार संवाददाता
बुधवार, कार्तिक २८, २०७५

रोजगारी अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा परीक्षा उत्तीर्ण गरेका युवाले तत्काल रोजगारीका लागि कोरिया जाने वातावरण सिर्जना गर्न सरकारसँग आग्रह गरेका छन् ।

890
कारोबार संवाददाता
बुधवार, कार्तिक २८, २०७५

बाँकेको नेपालगञ्ज सहरका प्रायः सबैजसो उद्योग, व्यापार र व्यवसायमा कामदारका रूपमा बालश्रमिक राखिएको देख्न सकिन्छ । सहरमा बालश्रमिकको अवस्था यथावत् हुँदा पनि यस जिल्लालाई बालश्रमिक मुक्त जिल्ला बनाइएको छ ।

1178
कारोबार संवाददाता
बुधवार, कार्तिक २८, २०७५

गैरआवासीय नेपाली संघ (एनआरएनए) का मध्यपूर्व संयोजक राजेन्द्र कुमार (आरके शर्मा) लाई कतारको सुरक्षा निकायले गिरफ्तार गरेकोमा एनआरएनएले भत्र्सना गरेको छ । संयोजक शर्माको परिवारलगायत कसैलाई पनि भेटघाट गर्न नदिएकोमा पनि एनआरएनएले आपत्ति जनाएको छ ।

772
कारोबार संवाददाता
बुधवार, कार्तिक २८, २०७५

यूएईमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा सुनिने नाम हो, हरि डुम्रे । उनको नाम उच्चारण हुनुको एउटै कारण हो, उनको स्वर । छोटो समयमै उनी यूएईका स्टेज कार्यक्रममा लोकप्रिय भएका छन् । हरि डुम्रेको सांगीतिक यात्रा बाल्यकालदेखि नै सुरु भएको हो । बध्यताले यूएई छिरेको बताउने डुम्रेले यहाँका हरेक स्टेज कार्यक्रममा राष्ट्रियता झल्काउने गर्छन् ।

1329
कारोबार संवाददाता
बुधवार, कार्तिक २१, २०७५

संयुक्त अरब इमिरेट्स (यूएई) ले गैरकानुनी हैसियतमा बसोबास गर्दै आएका विदेशीलाई वैधरुपमा बस्न वा स्वदेश फर्कन समयावधि थप गरेको छ । वैधानिक हुन वा स्वदेश फर्कन पाउने व्यवस्था एक महिनाका लागि थप गरेर मंसिर १५ गतेसम्म पु¥याइएको हो यसअघि यूएई सरकारले बिना कागजात रहेका विदेशी नागरिकका लागि गत साउन १६ देखि कात्तिक १४ गतेसम्म लागू हुने गरी तीन महिने आममाफीको घोषणा गरेको थियो ।

746
कारोबार संवाददाता
बुधवार, कार्तिक २१, २०७५

गैरआवासीय नेपाली संघ (एनआरएनए)को तेस्रो अफ्रिका क्षेत्रीय बैठक आगामी डिसेम्बर २९ र ३० मा पूर्वी अफ्रीकी मुलुक युगान्डाको राजधानी कम्पाला सहरमा आयोजना हुने भएको छ । यस बैठकमा अफ्रिकाका १७ मुलुकमा रहेका राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधि, अन्तर्राष्ट्रिय समन्वय परिषद् (र्आइसीसी) का पदाधिकारी तथा सदस्यहरु र अन्य महादेशमा रहेका राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधिहरुको पनि सहभागिता रहने छ ।

721