कारोबार संवाददाता
बुधवार, फाल्गुन २९, २०७५

गैरआवासीय नेपाली संघ (एनआरएनए) महिला फोरम संयोजक रजनी प्रधान र सेन्टर फर माइग्रेसन एण्ड इन्टरनेशनल रिलेशन्सका प्रतिनिधीबीच वैदेशिक रोजगारमा रहेका महिलाको अवस्था एवं नेपाल फर्किएका महिलाहरुलाई पुनस्र्थापित गर्नेबारे छलफल भएको छ ।

582
कारोबार संवाददाता
बुधवार, फाल्गुन २९, २०७५

१०९ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला, बालबलिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको प्रभातफेरी कार्यक्रममा गैरआवासीय नेपाली संघको टोलीले सहभागिता जनाएकोे छ । उक्त प्रभातफेरी पुतलीसडक, बागबजार हुँदै भृकुटीमण्डपमा गएर कोणसभामा परिणत भएको थियो ।

597
कारोबार संवाददाता
बुधवार, फाल्गुन २९, २०७५

राष्ट्रिय समन्वय परिषद् रसियाले लाप्राक नमुना बस्तीअन्तर्गत ट्वाइलेटको निर्माणका लागि सहयोग १ लाख रुपैयाँ सहयोग गरेको छ । उक्त रकम एनसिसि रसियाका अध्यक्ष रामेश्वर गौतमले संघका अध्यक्ष भवन भट्टलाई हस्तान्तरण गरेका छन् ।

511
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २८, २०७५

नेपालमा हुने लगानी सम्मेलनको पूर्वसंन्ध्यामा स्पेनस्थित नेपाली राजदुताबासले स्पेनीश ब्यावसायिहरुलाई बोलाएर एक एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । नेपालमा लगानी तथा ब्यापारको सम्भावनाको राम्रो भएकाले लगानीकर्ताहरुलाई नेपालको वर्तमान अवस्था स्थिर र वलियो सरकार भएको अवस्था तथा लगानी मैत्री वातावरण बारेमा छलफल गरिएको कार्यबाहक राजदुत हरिहर कान्त पौडेलले बताए । दुताबासले आयोजना गरेको उक्त छलफल कार्यक्रममा ४० भन्दा बढि स्पेनका सफल ब्यावसायिहरुलाई नेपालको सम्भाब्यता बढि रहेकोले कुनैपनि समस्या आईपरे लगानीको सुरक्षा नेपाल सरकारले प्रत्याभुति गर्ने गरी कानून परिमार्जन गर्न लागिएको पनि जानकारी दिए ।

674
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २४, २०७५

१०९ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला, बालबलिका तथा ज्येष्ठ नागरिक मन्त्राललयले आयोजना गरेको प्रभातफेरी कार्यक्रममा गैरआवसीय नेपाली संघको टोलि सहभागी भएको छ । उक्त प्रभातफेरी पुतली सडक, बागबजार हुंदै भृकुटीमण्डपमा नै गएर कोणसभामा परिणत भएको थियो ।

664
कारोबार संवाददाता
बुधवार, फाल्गुन २२, २०७५

गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबले नेपाल राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेकोे छ । संघको सक्रिय सहयोगीहरुबाट संकलित नगद रकम २ हजार ९१८ साउदी रियाल अर्थात् ८६ हजार ७६९ रुपैयाँ राष्ट्रिय आविष्कार केन्द्रको हिमालयन बैंक लिमिटेडको खातामा जम्मा गरिएको हो ।

574
कारोबार संवाददाता
बुधवार, फाल्गुन २२, २०७५

१०९ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर गैरआवासीय नेपाली संघ महिला फोरमको पहलमा नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाको राउटेवेसी र शिखर बेसीमा आठौं निःशुल्क पाठेघर समस्या सम्बन्धि स्वास्थ्य शिविर र तेश्रो नाक, कान घाँटी परीक्षण सेवा शिविर सम्पन्न भएको छ । २८ फेब्रुवरी र मार्च एक तारिखमा सम्पन्न स्वास्थ्य शिविरमा संघका महिला फोरमका संयोजक रजनी प्रधान र सचिवालयका सहायक निर्देशक संगीता अवालेले सक्रिय रुपमा सहभागीता रहेकोे थियो ।

592
कारोबार संवाददाता
बुधवार, फाल्गुन २२, २०७५

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकारले घोषणा गरेको नेपाल पर्यटन वर्ष २०१९ अभियानलाई सफल बनाउन विभिन्न कार्य योजना एवं रणनीति सार्वजनिक गरेको छ । काठमाडौंमा हालै एक कायक्रमबीच यसअघि नै घोषणा गरेको नेपाल पर्यटन प्रवद्र्धन वर्ष अन्तर्गत विभिन्न प्रस्तावित गतिविधिहरुबारे जानकारी गराएको हो ।

542
कारोबार संवाददाता
सोमवार, फाल्गुन २०, २०७५

संयुक्त राज्य अमेरिकामा कार्यरत अधिवक्ता वासुदेव फुलाराले नेपालीहरु गैरकानुनी रुपमा ठूलो धनराशि खर्चिएर अमेरिका जाने क्रमलाई तत्काल रोक्नुपर्ने बताएका छन् ।

466
कारोबार संवाददाता
बुधवार, फाल्गुन १५, २०७५

वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा सडक दुर्घटनामा परेर उपचार गराइरहेका नेपालीलाई एनआरएनएले आर्थिक सहयोग गरेको छ ।

506
कारोबार संवाददाता
बुधवार, फाल्गुन १५, २०७५

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) फ्रान्सले गोरखाको लाप्राक बस्ती निर्माण सम्पन्न गर्न १२ हजार युरो आर्थिक सहयोग गरेको छ ।

639
कारोबार संवाददाता
बुधवार, फाल्गुन १५, २०७५

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा सडक दुर्घटनाका कारण जेल परेका भूपाल बस्नेतलाई साउदी जेलबाट रिहाइ गर्नको लागि २ लाख ३० हजार रुपैयाँ सहयोग गरेको छ । बस्नेतलाई गरिएको सहयोग एक कार्यक्रमकाबीच परराष्ट्र मन्त्रालयलाई हस्तान्तरण गरेको एनआरएनएले जनाएको छ ।

539
कारोबार संवाददाता
बुधवार, फाल्गुन १५, २०७५

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) फ्रान्सले विदेशमा नै जन्मे हुर्केका एनआरएन दोस्रो पुस्ताका नेपाली बालबालिकाहरुलाई नेपाली भाषा स्कुल सञ्चालन गर्ने भएको छ । फ्रान्स एनआरएनएका प्रवक्ता प्रकाश सापकोटाले नेपाली भाषा पढ्न र लेख्न सिकाउनका लागि फ्रान्समा नेपाली पाठशाला चलाउन लागेको जानकारी दिएका छन् ।

579
कारोबार संवाददाता
बुधवार, फाल्गुन १५, २०७५

गैरआवासीय नेपाली संघ एनआरएनए क्यानडाको आयोजनामा क्यानडाको मुख्य सहरहरुमा सप्ताहव्यापी खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । टोरन्टो, स्कारबोरो, मिसिसागा, एडमन्टन, क्लागरी र सस्काटुनमा करिब १५ खेलको आयोजना गरिएको थियो । ८ टिमको सहभागिता भएको उक्त खेलमा करिब ५०० किलोमिटरको यात्रा गरी राजधानी अट्टवादेखि २ टिमहरु सहभागी भएका थिए । भलिबलमा

360
कारोबार संवाददाता
बुधवार, फाल्गुन ८, २०७५

नेपालमा आयोजना हुने राष्ट्रिय स्तरका खेलकुद प्रतियोगितामा गैरआवासीय नेपाली खेलाडी सहभागी गराउने सम्बन्धमा गैरआवासीय नेपाली संघ तथा राष्ट्रिय खेलकुद परिषद्बीच सम्झौता भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा राष्ट्रिय स्तरमा आयोजना हुने खेलकुद प्रतियोगिताहरुमा गैरआवासीय नेपाली खेलाडीहरु सहभागी गराई प्रतिभा प्रस्तुत गर्ने आधार तयार गर्ने उद्देश्यले सम्झौता गरिएको हो ।

425