कारोबार संवाददाता
बुधवार, चैत्र १३, २०७५

यूएईको नेपाली व्यावसायिक क्षेत्रमा कुशलतापूर्वक व्यापार गरिरहेका तीनवटा नेपाली ट्राभल एजेन्सी एकआपसमा मर्ज भएका छन् । दुबईमा नेपालीले सञ्चालन गरेका तीन वटा ट्राभल एजेन्सी एउटै भएर कारोबार गर्न सहमत भएका हुन् ।

552
कारोबार संवाददाता
बुधवार, चैत्र १३, २०७५

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत युरोप क्षेत्रको क्षेत्रीय साइबर बैठक सम्पन्न भएको छ । क्षेत्रीय सयोजक शिव बरुवालको अध्यक्षतामा आइतबार सम्पन्न बैठकले १२ औँ युरोपेली भेला अगष्ट ३ र ४ मा इटालीको रोममा गर्ने निर्णय सर्वसम्मतिले पारित गरेको छ । बैठकमा संस्थाले विगतमा गरेका गतिविधिको समिक्षा गर्दै आगामी कार्ययोजनाको बारेमा समेत छलफल गरिएको थियो । बैठकमा यूरोपेली क्षेत्रमा रहेका गैरआवासीय नेपालीहरुलाई संघको सदस्यता वितरण त्यसको व्यवस्थापन तथा नवीकरण लगायतका विषयमा सचेत गराउने र हाल भइरहेको पहललाई समेत थप सार्थक बनाउने गरी अघि बढ्ने निर्णय गरिएको छ ।

408
कारोबार संवाददाता
सोमवार, चैत्र ११, २०७५

गोरखा भूतपूर्व सैनिक संघ(गेसो)ले बेलायत सरकारले घोषणा गरेको ‘नयाँ गोर्खा प्याकेज’को बिरोध गर्दै बेलायत सरकार बिरुद्ध आन्दोलनको घोषणा गरेको छ । बेलायत सरकारले पूर्व सहमति र पूर्वप्रतिबद्धता विपरित कपटपूर्ण तरिकाले एकतर्फी ‘प्याकेज’ घोषणा गरेको भन्दै गेसोले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

579
रासस
शनिवार, चैत्र ९, २०७५

मलेसियामा अलपत्र परेका नेपालीलाई सरकारी खर्चमा स्वदेश फर्काइएको छ । हवाई टिकटको खर्च व्यहोर्न नसकी घरफिर्ती केन्द्रमा अलपत्र रहेका १६ नेपालीलाई दूतावासले विभिन्न चरणमा उद्धार गरी स्वदेश फर्काएको हो ।

553
सागर परियार
बुधवार, चैत्र ६, २०७५

जुम्ला तातोपानी–२ का लालचन्द्र चनारा गत वर्ष वैदेशिक रोजगारीका लागि कतार गए । कतार गएको झण्डै २ वर्षपछि नेपालमा स्थानीय तहको निर्वाचन भयो । सिंहदरबारको अधिकार गाउँमा आयो, अब गाउँमै सीप र दक्षताअनुसार रोजगारी पाइन्छ भन्ने सुनेर स्वदेश फर्किए । घरमा आएपछि न रोजगारी पाइयो, नत व्यापार व्यवसायका लागि ऋण नै । स्थानीय सरकारले युवाहरूका लागि रोजगारका काम ल्याउन नसकेको उनको गुनासो छ ।

390
कारोबार संवाददाता
बुधवार, चैत्र ६, २०७५

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं युरोप क्षेत्रीय बैठक तथा १० औं एनआरएनए महिला सम्मेलन इटलीको रोममा हुने भएको छ । गैरआवासीय नेपाली संघको युरोप संयोजक शिव बरुवालका अनुसार अगष्टको पहिलो साता हुने सो सम्मेलन आयोजना गरिन लागिएको हो । युरोपस्थित संघका पदाधिकारी र केन्द्रीय पदाधिकारीबीचको बैठकले अगष्ट ३ र ४ तारिख युरोप बैठक तथा १० औं महिला सम्मेलन गर्ने निर्णय गरेको हो ।

370
कारोबार संवाददाता
बुधवार, चैत्र ६, २०७५

गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगल अलगार्व क्षेत्रीय समन्वय समितिको अध्यक्षमा अनिल शर्मा निर्वाचित भएका छन् । आइतबार सम्पन्न अधिवेशनले १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

319
कारोबार संवाददाता
बुधवार, चैत्र ६, २०७५

गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगल अलगार्व क्षेत्रीय समन्वय समितिको अध्यक्षमा अनिल शर्मा निर्वाचित भएका छन् । आइतबार सम्पन्न अधिवेशनले १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

259
कारोबार संवाददाता
बुधवार, फाल्गुन २९, २०७५

गैरआवासीय नेपाली संघ (एनआरएनए) महिला फोरम संयोजक रजनी प्रधान र सेन्टर फर माइग्रेसन एण्ड इन्टरनेशनल रिलेशन्सका प्रतिनिधीबीच वैदेशिक रोजगारमा रहेका महिलाको अवस्था एवं नेपाल फर्किएका महिलाहरुलाई पुनस्र्थापित गर्नेबारे छलफल भएको छ ।

538
कारोबार संवाददाता
बुधवार, फाल्गुन २९, २०७५

१०९ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला, बालबलिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको प्रभातफेरी कार्यक्रममा गैरआवासीय नेपाली संघको टोलीले सहभागिता जनाएकोे छ । उक्त प्रभातफेरी पुतलीसडक, बागबजार हुँदै भृकुटीमण्डपमा गएर कोणसभामा परिणत भएको थियो ।

547
कारोबार संवाददाता
बुधवार, फाल्गुन २९, २०७५

राष्ट्रिय समन्वय परिषद् रसियाले लाप्राक नमुना बस्तीअन्तर्गत ट्वाइलेटको निर्माणका लागि सहयोग १ लाख रुपैयाँ सहयोग गरेको छ । उक्त रकम एनसिसि रसियाका अध्यक्ष रामेश्वर गौतमले संघका अध्यक्ष भवन भट्टलाई हस्तान्तरण गरेका छन् ।

485
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २८, २०७५

नेपालमा हुने लगानी सम्मेलनको पूर्वसंन्ध्यामा स्पेनस्थित नेपाली राजदुताबासले स्पेनीश ब्यावसायिहरुलाई बोलाएर एक एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । नेपालमा लगानी तथा ब्यापारको सम्भावनाको राम्रो भएकाले लगानीकर्ताहरुलाई नेपालको वर्तमान अवस्था स्थिर र वलियो सरकार भएको अवस्था तथा लगानी मैत्री वातावरण बारेमा छलफल गरिएको कार्यबाहक राजदुत हरिहर कान्त पौडेलले बताए । दुताबासले आयोजना गरेको उक्त छलफल कार्यक्रममा ४० भन्दा बढि स्पेनका सफल ब्यावसायिहरुलाई नेपालको सम्भाब्यता बढि रहेकोले कुनैपनि समस्या आईपरे लगानीको सुरक्षा नेपाल सरकारले प्रत्याभुति गर्ने गरी कानून परिमार्जन गर्न लागिएको पनि जानकारी दिए ।

656
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २४, २०७५

१०९ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला, बालबलिका तथा ज्येष्ठ नागरिक मन्त्राललयले आयोजना गरेको प्रभातफेरी कार्यक्रममा गैरआवसीय नेपाली संघको टोलि सहभागी भएको छ । उक्त प्रभातफेरी पुतली सडक, बागबजार हुंदै भृकुटीमण्डपमा नै गएर कोणसभामा परिणत भएको थियो ।

627
कारोबार संवाददाता
बुधवार, फाल्गुन २२, २०७५

गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबले नेपाल राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेकोे छ । संघको सक्रिय सहयोगीहरुबाट संकलित नगद रकम २ हजार ९१८ साउदी रियाल अर्थात् ८६ हजार ७६९ रुपैयाँ राष्ट्रिय आविष्कार केन्द्रको हिमालयन बैंक लिमिटेडको खातामा जम्मा गरिएको हो ।

550
कारोबार संवाददाता
बुधवार, फाल्गुन २२, २०७५

१०९ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर गैरआवासीय नेपाली संघ महिला फोरमको पहलमा नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाको राउटेवेसी र शिखर बेसीमा आठौं निःशुल्क पाठेघर समस्या सम्बन्धि स्वास्थ्य शिविर र तेश्रो नाक, कान घाँटी परीक्षण सेवा शिविर सम्पन्न भएको छ । २८ फेब्रुवरी र मार्च एक तारिखमा सम्पन्न स्वास्थ्य शिविरमा संघका महिला फोरमका संयोजक रजनी प्रधान र सचिवालयका सहायक निर्देशक संगीता अवालेले सक्रिय रुपमा सहभागीता रहेकोे थियो ।

559