कारोबार संवाददाता
बुधवार, जेठ ३०, २०७५
553

सउल -नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाले नेपाली मुक्तकहरुको सङ्ग्रह ‘मुक्तक दर्पण’ विमोचन गरेको छ । कोरियामा कार्यरत नेपाली सर्जकहरुका मुक्तक समेटिएको कृति प्रतिष्ठानले प्रकाशन गरेको हो ।
कृति विमोचन गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एसिया क्षेत्रका सहसचिव कृस गुल्मेली बाबुले प्रतिष्ठानले कोरियाबाटै ‘मुक्तक दर्पण’ प्रकाशन गरी सराहनीय काम गरेको बताए ।

उक्त कृतिमा नेपाली मुक्तक विधामा कलम चलाइरहेका करिब चार दर्जनबढी सर्जकका मुक्तक र मुक्तकको बारेमा लेखिएको छ । प्रतिष्ठानका अध्यक्ष सन्तोष अमगाइँले मुक्तक दर्पण नेपाली मुक्तक विधाका लागि कोशेढुंगा साबित हुने बताए । कार्यक्रममा सर्जकहरुले आफ्ना रचना बाचन पनि गरेका थिए ।
यसैबीच नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाले नयाँ कार्यसमिति समेत चयन गरेको छ । रामचन्द्र शर्माको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।