युएईमा बुद्ध जयन्ती मनाईयो
कारोबार संवाददाता
बिहिवार, जेठ ३, २०७५
506

अन्तर्राष्ट्रिय कलाकार समाज युएई र युएईमा रहेका ४५ वटा संघ सस्था एवम् ब्यबसाय कम्पनीहरुले फरक फरक ठाउँमा शुक्रबार (मे ११) बुद्ध जयन्ती मनाएका छन् ।
युएईमा रहेका विभिन्न संघ सस्था र ब्यबसाय कम्पनी मिलेर दुबईको अल्कुजमा रहेको डलस्को हलमा सयुक्त बुद्ध जयन्ती मनाएका हुन् भने अबुधाबिमा रहेको मल्यलम हलमा अन्तर्राष्ट्रिय कलाकार समाज युएईको आयोजना बुद्ध जयन्ती मनाईएको थियो ।
सयुक्त बुद्ध जयन्तीको सभापतित्व नेपाली आदिवासी जनजाति महासंघ युएईले गरेको थियो भने नेपाल बिजनेस काउन्सिलका अध्यक्ष डाक्टर आसिफ अलि सिद्दिकी प्रमुख अथिती रहेका थिए । उक्त अवसरमा सयुक्त बुद्ध जयन्तीका संयोजक डि.आर. गुरुङले स्वागत मन्तब्य ब्यक्त गर्दै ु्रु भएको कार्यक्रमममा कार्यक्रममा सम्पुर्ण आयोजकको तर्फबाट हरि प्रसाद चापागाईं, एन आर एन युएईका अध्यक्ष रमेश श्रेष्ठ, नेपाली समाजका अध्यक्ष चन्द्र प्रसाद सापकोटा, भुतपुर्व भुमीसुधार राज्यमन्त्री यसोदा कुमारी तामाङ लगायतले शुभकामना मनतब्य राखेका थिए । यस्तै, कार्यक्रमको संचालन एन आर एन युएईका महासचिव कृष्ण पौडेलले गरेका थिए ।
भगवान गौतम बुद्धको पुजा पाठ सहितको कार्यक्रममा नेपालबाट आएको ब्यान्ड संगै विभिन्न जातजातिका झाकी र युएईमा रहेका नेपाली कलाकारहरुले कला प्रदर्शन गरेका थिए ।
उता अन्तर्राष्ट्रिय कलाकार समाज अबुधाबी क्षेत्रीय समितिले आयोजना गरेको बुद्ध जयन्ती कार्यक्रममा क्षेत्रीय अध्यक्ष भिम घिसिङले कार्यक्रम सभापतित्व गरेका थिए भने एनआरएनए आईसिसि सदस्य मनोज गोर्खाली प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा अन्तर्राष्ट्रिय कलाकार समाज युएईकि अध्यक्ष रेखा घिमिरे, जनसम्पर्क समिति युएईका सभापति खेमराज बस्नेत, प्राबासी नेपाली संघका अध्यक्ष श्याम कडेल, नेपाल पत्रकार महासंघका युएईका सचीव मेघराज सापकोटा, एन आर एन मध्यपुर्व उप सयोजक गोपाल कडेलले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको संचालन जे सागर ले गरेका थिए । साथै, राष्ट्रिय ख्यातिप्राप्त कलाकार गायक अनिल सिँह र नायिका अमृता सम्बाहाम्फेको उपस्थितिमा युएईमा रहेका नेपाली कलाकारहरुको बेजोड प्रस्तुति पनि रहेको थियो ।

सातामा धेरै पढिएको