कारोबार संवाददाता
मंगलबार, श्रावण १३, २०७७
707

स्याङ्जा-वैदेशिक रोजगारका लागि साउदी अरब पुगेका स्याङ्जाका एक युवाको कोरोनाबाट मृत्यु भएको छ । कोरोना सङ्क्रमण भएपछि विगत ३५ दिनदेखि उपचाररत गल्याङ नगरपालिका–८ (साविकको तिन्दाबाटे गाविस १)का रोशन श्रेष्ठको मृत्यु भएको हो ।
साउदी अरबको दम्मामस्थित सेन्ट्रल हस्पिटलमा उपचारार्थ ३४ वर्षीय श्रेष्ठको आइतबार साँझ निधन भएको हो । उनी नेपालबाट लकडाउन हुनुभन्दा एक दिन अगाडि साउदी अरब पुग्नु भएको एनए मिडिया जनसम्पर्क निर्देशक बालकृष्ण पंगेनीले जानकारी दिए ।

प्रवासमा निक्कै लोकप्रिय रहेको एनए मिडियाका प्रबन्धक निर्देशकसमेत रहेका श्रेष्ठ स्याङ्जा सहयोग समाज लगायतका संघ–संस्थामा सक्रिय थिए ।
श्रीमतीसहित साउदीमा बस्दै आएका श्रेष्ठ बिदामा घर आएपछि श्रीमतीलाई काठमाडौं नै छोडेर श्रेष्ठ मात्रै साउदी गएका थिए । श्रेष्ठका श्रीमती, आमा र एक भाइ छन् ।