कारोबार संवाददाता
बुधवार, असार १०, २०७७
1122

जापान -कुनैपनि देशको नेताले दैनिक कतिघण्टा काम गर्छ वा काममा खट्छ भन्ने महत्व उसको कामले देखाउने नतिजामा भर पर्छ ।
नतिजा थोरै खटाईबाट निक्ले त गजबै भयो तर नतिजा ननिक्लिएसम्म खटाई जारी राखिन्छ भने त्यो सफल नेता र नेतृत्वमा हुने विशेष गुण हुन आउँछ ।

यस्तै सफल नेता र नेतृत्वको रुपमा जापानी ईतिहाँसमै सबैभन्दा लामो समय प्रधानमन्त्री बनेको रेकर्ड राखिसकेका प्रधानमन्त्री आबे शिन्जोले १ सय ४८ दिनपछि कामबाट फुर्सद पाएका छन् ।
महिनौं कडा मेहनत गरेर आराम नलिने विश्वकै बिरलै नेताको रुपमा चिनिंदै प्रधानमन्त्री आबेले दैनिक २४ सै घण्टा समेत खटेर तत्कालको लागि जापानमा कोरोना भाइरस महामारीलाई टार्न सफल भएका छन् ।
जापानी प्रधानमन्त्री आबेले मात्र होईन जापानको ओसाका प्रिफेक्चरका मेयर तोरु हाशिमोतोले समेत जुन २० तारिखको एक अन्तर्वार्तामा आफुले पाँच महिना देखी एकदिनपनि फुर्सद नपाएको बताएका थिए ।
कोरोना भाइरस संक्रमण महामारीको रुपमा फैलन थालेपछि प्रधानमन्त्री आबे शिन्जोले विज्ञ समिति देखी सरकारी टास्क फोर्स, सम्वन्धित मन्त्री तथा प्रिफेक्चर प्रमुखहरुसँग गरि दैनिक एक दर्जन बढी बैठकमा खटिन परेको थियो ।
खटाईको परिणाम स्वरुप कोरोना भाइरस संक्रमण नियन्त्रणमा आई आपतकाल अन्त्य र व्यापार व्यवसायमा लगाईएका सबै प्रतिबन्ध गतसाताबाट हटाईएको छ । खटाईको सुखद परिणाम देखिएपछि प्रधानमन्त्री आबेले १ सय ४८ दिनपछि बिदा लिएको जापानी समाचार संस्था जिजि प्रेसले उल्लेख गरेको छ ।
कोरोना भाइरस संक्रमण महामारीको रुपमा फैलिएयता गत जनवरी महिनाको २५ तारिखपछि प्रधानमन्त्री आबेले जुन २१ तारिखमा पहिलो पटक बिदा लिएका हुन् ।
प्रधानमन्त्रीको रुपमा कुनैपनि दैनिक कामको सूचि नराखी आबेले गत आईतबार बिदा लिएर परिवारसँग समय बिताएका छन् ।
जापानमा हालसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या १८ हजार पार हुँदा ९ सय ५० बढीको निधन भएको छ ।
संक्रमित मध्ये ९० प्रतिशत बढी व्यक्ति उपचारपछि निको भएर घर फर्कीसकेका छन् ।
जापानमा हप्तादिन यता भने आपतकाल अन्त्य तथा व्यापार व्यवसायमा लगाईएका प्रतिबन्धहरु हटाईएपछि कोरोना संक्रमितको संख्यामा केही बृद्धि हुन थालेको छ ।

गोकर्ण अधिकारी