कारोबार संवाददाता
बुधवार, फाल्गुन २८, २०७६
803

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १३ औं युरोप क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलन आगामी अगष्टमा हुने भएको छ । सो सम्मेलन अगष्ट ८ र ९ तारिखमा आयरलैन्डमा आयोजना गरिएको संघका युरोप उपसंयोजक कृष्ण तिमल्सीनाले जानकारी दिए ।
सम्मेलनमा युरोपस्थित २८ देशका प्रतिनिधीहरु सहभागी हुने तिमल्सीनाको भनाइ छ । एनआरएनए आयरल्याण्डका अध्यक्ष मिलन छन्त्यालका अनुसार सो बैठकको तयारी सुरु भैसकेको बताए । सम्मेलन डुब्लीनस्थित याडिन होटलमा आयोजना हुने भएको छ । संघको अक्टोबरमा हुने विज्ञ सम्मेलनको तयारी स्वरुप युरोप क्षेत्रका नेपाली विज्ञहरुले समेत सो बैठकमा सहभागिता जनाउने संघका महासचिव डा. हेमराज शर्माले जानकारी दिए । यसअघि संघको १२ औं क्षेत्रीय बैठक इटालीको रोममा सम्पन्न भएको थियो ।