कारोबार संवाददाता
बुधवार, माघ २२, २०७६
324

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवसंग भेटघाट गरेका छन ।
यस भेटघाटमा मुख्यतया संघले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित गर्नको लागि गरेका गितिविधिहरुका साथै विदेशमा कार्यरत नेपाली श्रमिकहरुको अवस्था र संघले स्थापना गरेको श्रमिक कल्याणकारी कोषका बारेमा जानकारी गराईएको थियो । यसरी नै मन्त्री यादबले वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित गर्नको लागि सरकारको तर्फबाट सदैव सहयोग रहने बताए । भेटघाटमा श्रम रोजगार तथा सामाजिक सुरक्षा सचिव विनोद केसी, संघका सल्लाहकार रामेश्वर शाहा, आइसिसि सदस्य टंक लम्साल र अर्थविद अनल भट्टराईको उपस्थिति रहेको थियो ।