कारोबार संवाददाता
बुधवार, माघ १, २०७६
441

टोकियो - राप्ती समाज जापानले नेपाल भ्रमण वर्ष २०२० लाई सफल र सशक्त बनाउन प्रवद्र्धनात्मक अभियानको थालनी गरेको छ । अध्ययन, पेशा र व्यवसायमा जापानमा रहेका राप्तीबासीहरुले बढी भन्दा बढी जापानी नेपाल भित्र्याउने उद्देश्यका साथ जापानको मुख्य सहर टोकियो, व्यस्त स्टेशन शिनागावा र ओमोरीमा एक कार्यक्रमको आयोजना गरी भ्रमण वर्षको लोगो अंकित टिसर्ट प्रर्दशन गरेका छन् ।
नेपाली, जापानी र अंग्रेजी भाषामा भिजिट नेपाल २०२० लेखेर छापिएको टिसर्ट प्रदर्शनीमा ल्याइएको छ । समाजले भर्खरैमात्र समाजका संरक्षक तथा नेपाल जापान पर्यटन क्षेत्रका अभियन्ता विशेश्वर रेग्मीको नेतृत्मामा टोकियोेमा प्रत्येक वर्ष आयोजना गरिने मन्टिकल्चरल एक्सचेन्ज कार्यक्रममा पनि नेपाल भ्रमण वर्ष २०२० को बुथ नै राखेर प्रचारप्रसार गरिएको थियो । कार्यक्रममा नेपाली मौलिक पोषाकहरु, नेपालका मनमोहक पर्यटन स्थलहरुको श्रव्यदृश्य प्रदर्शन गर्नुका साथै भ्रमण वर्ष २०२० मा नेपालको बारेमा जानकारी पनि गराइएको थियो ।