कारोबार संवाददाता
बुधवार, पुष २३, २०७६
728

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आयोजना तथा गैरआवासीय नेपाली संघ इंग्ल्याण्ड राज्य परिषदको संयोजकत्वमा अल्डरशटस्थित एम्पायर हलमा विषेश अन्तरक्रिया सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्मा, सल्लाहकार विश्वआदर्श पण्डित, एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङ्ग, आइसीसी सदस्यहरु, मानार्थ सदस्यहरु, पूर्वअध्यक्षहरु, भूपु गोर्खाहरु, पत्रकार लगायत बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको विशेष उपस्थितिमा नेपालमा गैरआवासीय नेपालीहरुको सम्पत्तिको अधिकार विषयमा छलफल सम्पन्न भएको हो ।
गैरआवासीय नेपाली संघ इंल्याण्ड राज्य परिषदका अध्यक्ष दिपक श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका महासचिव डा. हेमराज शर्मा, कानुनविदहरु सुरेन्द्र श्रेष्ठ, गोविन्द बेल्वासे, देवेन्द्र श्रेष्ठ, र थर्क राना लगायतका विज्ञहरुले विचार व्यक्त गरे ।
गैरआवासीय नेपाली संघले लामो समयदेखि उठाउँदै आएको सम्पतिको अधिकारका सम्बन्धमा सहभागीहरुबाट प्राप्त सुझावका आधारमा गैरआवासीय नेपाली कानुन र गैरआवासीय नेपाली नागरिकतामा हुनुपर्ने व्यवस्था सम्वन्धमा माग उठाउँदै आएको छ ।