कारोबार संवाददाता
बुधवार, मंसिर ४, २०७६
642

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग मिचेको विरोध गर्न विश्वभरका भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउन निर्देशन दिएको छ । संघका महासचिव डा. हेम राज शर्माले शुक्रबार विश्वभर छरिएका एनआरएनएका शाखाहरुलाई परिपत्र गर्दै उक्त निर्देशन दिएका हुन् ।
पत्रमा पछिल्लो समय नेपाल भारत सिमा विवादका बारे गैरआवासीय नेपालीहरुले देखाएको चासोप्रति हार्दिक धन्यवाद ज्ञापन गरिएको छ । यस विषयमा गैरआवासीय नेपाली संघका तर्फबाट अध्यक्ष कुमार पन्तले समेत वक्तव्य जारी गरिसकेका छन् ।
संघको धारणालाई विभिन्न देशमा अवस्थित भारतीय दूतावास वा नियोगमा लिखित रुपमा पु¥याउन सहयोग गर्नको लागि यो पत्राचार गरिएको जनाइएको छ । संघले भारतीय दूतावासमा पेश गर्ने ज्ञापनपत्रको नमूना समेत पठाएको छ । पत्रमा अनुकूलता हेरेर पत्र बुझाउने मिति राष्ट्रिय समन्वय परिषद्ले निर्धारण गर्नको लागि पनि अनुरोध गरिएको छ ।