कारोबार संवाददाता
बुधवार, मंसिर ४, २०७६
388

भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागका रुपमा देखाएकोप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) को गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
भारत सरकारको यो कार्यबाट विश्वभर छरिएर रहेका नेपालीहरु क्षुब्ध भएको विज्ञप्तीमा उल्लेख छ । “दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरु कूटनीतिक माध्यमबाट वार्ताबाट दुवै पक्षको सहमतिमा ऐतिहासिक दस्तावेज एवम् प्रमाणका आधारमा टुंग्याउनुको सट्टा एकपक्षीय ढंगबाट चालिएको कदमको भत्र्सना गर्दछौ,” विज्ञप्तीमा भनिएको छ, “मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्ता जस्तो संवदनशील विषयसँग सम्बन्धित यो मुद्दामा नेपाल सरकार, आम नागरिक एवम् विदेशस्थित गैरआवासिय नेपाली समुदाय एक साथ उभिनुपर्छ ।”