कारोबार संवाददाता
सोमवार, आश्विन २७, २०७६
1609

गैरआवासीय नेपाली संघको नवौ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन मंगलबारदेखि काठमाडौंमा हुने भएको छ ।
विदेशमा छरिएर रहेका गैरआवासीय नेपालीहरूलाई संघको संजालमा गोलबन्द गर्दै नेपालीका लागि नेपाली अभियान अघि बढाउन सिर्जना गरिउको संस्थागत संरचनाल सन् २००३ देखि २०१९ सम्म आइपुग्दा नेपालीहरूको उपस्थिति भएका ८० भन्दा बढी मुलुकमा आफनो विस्तार गरिसकेको छ ।

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रियसमन्वय परिषद्का अध्यक्ष भवन भट्टका अनुसार सम्मेलनको मूल विषय “म, मेरो एनआर एन ए, र मेरो नेपाल“मा आधारित भएर सम्मेलनको अवसरमा विभिन्न महत्वपूर्ण सत्रहरू चल्ने छन् । सम्मेलनमा नेपाल सरकार, राजनीतिक दल, उद्यमी व्यवसायीहरू, मुलुकको उद्योग व्यवसाय र आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नागरिक समाज, समाजसेवी र सञ्चारकर्मीहरुको सहभागिता रहने पनि संघले जनाएको छ ।
सम्मेलनमा ८१ मुलुकका गैर आवासीय नेपाली प्रतिनिधिहरु, स्वदेशी विदेशी सहभागीहरु गरी करिव २ हजार ५सयको सहभागिता रहने छ भने यस वर्ष संघको नयां नेतृत्व समेत चयन हु“दैछ ।
लामो राजनीतिक, सामाजिक संक्रमणको अन्त्यपछि मुलुकले नयाँ संविधान मात्रै पाएको छैन काँचुली नै फेरेको छ, समृद्धिको यात्रा सुरु गरेको छ । यस ऐतिहासिक समयमा हुन गइरहेको गैरआवासीय नेपाली विश्व सम्मेलनलाई विशेष महत्वका साथ लिएको भन्दै संघका अध्यक्ष भट्टले गत दुइ वर्षको आफनो कार्यकालमा आफुले वाचा गरेका सबै एजेन्डाहरु सफलतापूर्वक सम्पन्न गरेको बताए ।
संसार भरि छरिएर रहेका हामी सबै नेपालीहरू एकैसुत्रमा समाहित भई उत्साहका साथ हातमा हात मिलाएर सबै हात एकै साथ भन्ने मूलभावका साथ नेपालको समृद्धिको यात्रामा जोडिएको भन्दै उनले नवौ विश्व सम्मेलनले सबै गैरआवासीय नेपालीलाई एकताबद्ध गराई सहकार्य र सकारात्मककार्य गर्न उर्जा प्रदानगर्दै ‘नेपालीकालागि नेपाली’भन्ने मूलमन्त्रलाई सार्थक साबित गराउने अपेक्षा राखेको बताए । “म, मेरो एनआर एन ए र मेरो नेपाल“ मूल विषयमा आधारित भएर यस वर्षको नवौं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशन पनि विगतमा झैं नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र गैर आवासीय नेपाली संघको संयुक्त आयोजनामा हुनगइरहेको जनाए । सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् भने समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । उक्त सम्मेलन आयोजनाकालागि नेपाल सरकार परराष्ट्र मन्त्रीको अध्यक्षतामा एक उच्चस्तरीय आयोजक समितिको गठन पनि भइसकेको छ । आयोजक समितिमा नेपाल सरकारका प्रतिनिधिहरु र सरोकारवाला संघ संस्थाका अध्यक्षहरू रहेका छन् भने संघको आन्तरिक आयोजक समिति संघका अध्यक्ष भवन भट्टको अध्यक्षतामा गठन भएको छ ।

यस कार्यकालमा भएका काम
एकिकृत लाप्राक नमुना बस्ति निर्माण सम्पन्न
एनआरएनए केद्रिय सचिवालयको आफ्नै भवन निर्माण सम्पन्न
एनआरएनए संखमुलधाट उद्यानको निर्माण सम्पन्न
एतिहासिक सिन्धुलिगडिको पुर्ननिर्माण सम्बन्धि मास्टरप्लान तयार
नेपाल पत्रकार माहासंघमा ई लाईब्रेरिको स्थापना
प्रथम पटक गैरआवासीय नेपली संघ सहभागी भएको ८औ राष्ट्रिय खेलकुदमा ६ स्वर्ण सहित १४ पदक प्राप्त गरेको
सम्माननिय प्रधानमन्त्रिज्यूको राजकिय भ्रमणदलमा सहभागि(भारत तथा चीन)
पहिलो बिश्व बौद्धिक सम्मेलनबाट नेपाल पोलिसी इन्स्टिच्यूट (एनपीआइ) को स्थापना
त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल सफाई अभियान
एकदिन एकदान अभियान
अतिथि देवोभव: अभियान
लगानि सम्मेलनको आयोजक कमिटि सदश्य भै सकृय सहभागिता
एनआरएनए कृषि कार्यक्रम
प्रयटन प्रबर्धनको शुभारम्भ,
उज्यालो नेपाल अभियान
जानकि मन्दरिमा लाईटिङ परियोजना
१०० मिलियन डलर फन्ड स्थापनाको पहल,
नेपाल सरकारको साक्षरता अभियानमा सहभागिता नेपालको सबैभन्दा ठूलो राष्ट्रिय झन्डा को झन्डोतोलन
रोड सेफ्टिका आयोजनाआदी