कारोबार संवाददाता
शुक्रवार, आश्विन २४, २०७६
563

आज (शुक्रबार) ११ अक्टोबर, गैर आवासीय नेपाली दिवस सदा झैं स्वयंम्भूनाथ र पशुपतिनाथको पूजा अर्चनाबाट गैर आवासीय नेपाली दिवस कार्यक्रमको शुभारम्भबाट गरिएको थियो । सो अवसरमा संघका अध्यक्षलगायत पदाधिकारीहरु त्था बिभिन्न मुलूकहरुबाट आएका गैरआवासीय नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
स्वयंम्भूनाथको दर्शनपछि गैर आवासीय नेपालीको समुहले असनको अन्नपुर्ण मन्दिरसम्म पदयात्रा गरेको थियो । साथै संघका पदाधिकारीहरुले शंघमूलमा गैरआवासीय नेपाली संघले निर्माण गरेको एनआरएनए शंकमूलपार्कको अवलोकन भ्रमण पनि गरेका थिए ।

अपरान्ह गैर आवासीय नेपाली दिवसको अवसरमा संघको भवन वालुवाटारमा संघका अध्यक्षलगायत पदाधिकारीहरुबाट संघको झण्डोत्तोलन गरिएको थियो । सो अवसरमा जलपानको आयोजना समेत गरिएको थियो । यस अवसरमा विभिन्न मुलूकहरुबाट सम्मेलनमा भाग लिन आएका सयौं गैर आवासीय नेपालीहरुको सहभागिता रहेको सचिवालयले जनाएको छ ।
असोज २८ देखि ३० बाट आयोजना हुन गइरहेको नवौं गैरअवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महधिवेशनमा सहभागी हुन आएका निर्वाचन प्रतिनिधिहरु तथा सहभागीहरुको नाम दर्ता गर्ने कार्य पनि संघको सचिवालय वालुवाटारमा पुनः सुरु गरिएको भन्दै सचिवालयले हाल सम्म १ हजार २ सय २० जना प्रतिनिधि तथा सहभागीहरुले नाम दर्ताको लागि आवेदन दिईसकेको पनि जनाएको छ ।