कारोबार संवाददाता
बुधवार, भदौ २५, २०७६
246

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय समितिको चुनाव नजिक आएसँगै विश्वका विभिन्न क्षेत्रमा छरिएर रहेका राष्ट्रिय समन्वय समिति (एनसिसि) को चुनाव पनि अन्तिम चरणमा पुगेको छ ।
एनसिसिको चुनाव लगभग अन्तिम चरणमा पुगेसँगै विधान अनुसार केन्द्रीय निर्वाचनमा प्रतिनिधित्व गर्ने सदस्यहरुको टुंगो लाग्नेछ । यसका साथै आईसीसीमा उमेदवारी दिने आकांक्षीको समेत चर्चा शुरु भएको छ । आईसीसी निर्वाचनमा महत्वपूर्ण भूमिका खेल्ने विभिन्न देशमा एनसिसिको चुनाव पनि लगभग अन्तिम चरणमा पुगेको छ ।

नेदरल्याण्डमा कँडेल
गैरआवासीय नेपाली संघ (एनआरएनए) नेदरल्याण्डको आठौँ अधिवेशनले श्रीराम कँडेलको अध्यक्षयतामा नयाँ कार्यसमिति चयन गरेको छ । नेदरल्याण्डसमा रहेका विभिन्न राजनीतिक संगठन, सामाजिक संघसंथाहरुको सहयोग र समर्थनमा प्रतिनिधित्व रहने गरि गरिएको समावेशी कार्यसमिति सर्वसम्मतले चयन गरेको डिसी नेपालले जनाएको छ ।
अथक प्रयासका बाबजुत समितिमा रहेका सम्पूर्ण सदस्यहरुको र सामाजिक तथा राजनीतिक अभियन्ताको सहयोगबाट सर्वसम्मत सम्भव भएको समन्वय समितिका संयोजक शशी पौडेलले जानकारी दिए । आगामी २०१९–२१ कार्यकालका लागि आइसीसी सदस्य ठाकुर प्रसाद शर्मा (मनोहरि), अध्यक्षमा श्रीराम कँडेल, वरिष्ठ उपाध्यक्ष मिम पुर्जा, उपाध्यक्षहरुमा क्रमशः अच्युत कट्टेल, हेम कुमार भुजेल, हिरामणि पराजुली, हिरण्य ओझा, र कुश बजगाई रहेका छन् ।
त्यसैगरी महिला उपाध्यक्षमा वर्षा खड्का, महासचिवमा संर्घषशिल केसी, सचिवमा थमन बहादुर कार्की, कोषाध्यक्षमा खेम सापकोटा, सहकोषाध्यक्षमा रेशम गुरुङ, युवा संयोजकमा अमिर गुरुङ र महिला संयोजकमा राधा देवी शर्मा कँडेल रहेका छन् । नर्थ हल्याण्डको संयोजकमा सिता सापकोटा, साउथ हल्याण्डको संयोजकमा राज कुमार श्रेष्ठ र लिम्बर्गको संयोजकमा खड्ग रोक्का निर्वाचित भएका छन् ।
त्यसैगरी मिडिया संयोजकमा द्रोण रिजाल, प्रवक्तामा शाबी पौडेल, चन्द्र कुँवर, दिपक ढकाल, ध्रुब न्यौपाने, गणेश थापा, राम चन्द्र पोख्रेल, राम बुढाथोकी, राजेन्द्र कँडेल रहेका छन् । शा बेनेलग्जका लागि नेपाली राजदूत लोक बहादुर थापाको प्रमुख आतिथ्यमा भएको अधिवेशनबाट एनआरएन केन्द्रीय उपाध्यक्ष कुल आचार्य, कुमार पन्त, केन्द्रीय सदस्यहरु पर्वत गुरुङ, अर्जुन कुमार श्रेष्ठ लगायत विभिन्न संघसंथाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

मकाउको अध्यक्षमा गुरुङ
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति (एनसिसि) मकाउको अध्यक्षमा पूर्ण बहादुर गुरुङ विजयी भएका छन् ।
त्यस्तैगरी कोषध्यक्ष प्रेम बहादुर विक, युवा संयोजकमा निशान घर्ती क्षेत्री, महिला संयोजकमा शर्मिला राई तथा सदस्यहरुमा कल बहादुर तामाङ, सन्तोष गुरुङ, सुरेन्द्र तामाङ, धर्म वीर बुढा, गम्वीर महत, दिपक तामाङ, रोजन लामा, सुरेश सुनार विजयी भएका छन् ।
महाधिवेशनबाट आईसीसी सदस्यमा मंगल बहादुर राई विजयी भएका छन् भने एनआरएनए मकाउको उपाध्यक्षमा रत्नमणि राई, राजकुमार गुरुङ, विकेन जोशी, महासचिवमा शिव थापा तथा सचिवमा राजेश गुरुङ निर्वाचित भएका छन् ।

मदागास्कारमा राई
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति (एनसीसी) मदागास्कारको अधिवेशनले रमेश राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
सेप्टेम्बर ८ मा भएको साधारणसभाबाट उपाधयक्षहरुमा दान बहादुर थापा, कर्णशेर राई, महासचिव होम नारायाण श्रेष्ठ, सचिव सुबास आले मगर, कोषाध्यक्ष पेम्बा शेर्पा, युवा सयोजक राम कुमार राई सर्वसम्मत चयन भएका छन् । यसैगरी सदस्यहरुमा बिर बहादुर मगर, तेज बहादुर कार्की, सिवराज कँडेल, बुलन गुरुङ, मन कुमार मगर, रमेश राणा, हिम बहादुर बुढाथोकी, दिनेश खड्का, भरत आचर्य, धन राज सावा लिम्बु, यादव नेपाल, लाल बाबु ठाकुर चयन भएका छन् । त्यसै गरी सल्लाहकारमा आङ गेल जि शेर्पा, पूर्णबहादुर खड्का, मार्क गुरुङ चयन भएका छन् ।

केन्याको अध्यक्षमा डुम्रे
केन्याको राजधानी नैरोबीमा सम्पन्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) केन्याको चौथो राष्ट्रिय महाधिवेशनले अध्यक्षमा सुरज डुम्रेलाई निर्वाचित गरेको छ ।
डुम्रेको अध्यक्षतामा गठन गरिएको उक्त १५ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा शिवलाल अधिकारी, महासचिवमा टिका धिताल, सचिवमा श्रीमती लक्ष्मी बुलुन, कोषध्यक्षमा यज्ञमणी (भरत) रेग्मी, महिला संयोजक कुमारी जिसी, युवा संयोजकमा कमल राज अधिकारी तथा सदस्यहरुमा सिताराम घिमिरे, बरुण सुवाल, मनोज बस्नेत, रवी जैन, भगवती तमाङ, प्रभाकर भण्डारी, गणेश कामी र लक्ष्मण गैरे चयन भएका छन् ।
त्यसैगरी परिषद्को संरक्षकमा ईन्जिनियर कुल बहादुर कार्की, ईन्जिनियर नारायण भट्टराई र ईन्जिनियर उदय हाडालाई नियुक्त गरिएको छ भने समितिको सल्लाहकार समितीमा कृष्णदत्त भट्ट, खेम पौडेल, धनेद्र बस्नेत र कृष्ण गैरेलाई नियुक्त गरिएको छ । केन्द्रिय परीवेक्षक कुल बहादुर कार्कीले गैरआवासिय नेपाली संघको केन्द्रिय समितीलाई नयाँ एनआरएनए केन्याको कार्यसमिती गठन भएको जानकारी गराएका छन् । सोहि अवसरमा नवनिर्वाचित अध्यक्ष अध्यक्ष सुरज डुम्रेले केन्यामा रहेका सम्पूर्ण नेपालीहरुलाई समेटेर लैजाने बताउँदै गैरआवासिय नेपाली संघ केन्याका भावी कार्यक्रम तथा योजनाको बारेमा जानकारी दिएका थिए । केन्याको विभिन्न शहरमा रहेका नेपालीहरु, नेपालबाट अन्तर्राष्ट्रिय संघसंस्थाहरुमा काम गर्ने विशिष्ट व्यक्तिहरुको सहभागितामा सन् २०११ मा गैरआवासिय नेपाली संघ केन्याको स्थापना भएको थियो । हाल केन्यामा झण्डै भाग ५०० नेपाली रहेका छन् ।
पूर्वी अफ्रिकी क्षेत्रका देशहरु आर्थिक र भू–बनोटको हिसाबले हेर्ने हो भने केन्याको नैरोबी केन्द्रबिन्दुमा रहेको कारणले पनि केन्यामा अन्य देशको तुलनामा नेपालीहरुको बाक्लो उपस्थिति रहेको संसार न्युजले जनाएको छ ।