कारोबार संवाददाता
बुधवार, असार २५, २०७६
532

विगत ३० महिनादेखि साउदी अरेबियाकोे जेलमा रहेका चितवन खैरहनी नगरपालिका–१० गुठौलीका जलेश्वर चौधरीलाई रिहाइ गर्नको लागि सामाजिक स्वयंमसेवक नेपाल मिसन चितवन र मिसन झापाको नेतृत्वमा संकलित ३८ लाख १५ हजार रुपैयाँ पीडितका बुवा सुकरा महतोलाई हस्तान्तरण गरिएको छ । संस्थाद्वारा संकलन गरिएको उक्त ‘ब्लडमनी’ साउदी सरकारलाई पठाउने तयारी भइरहेको संस्थाका उपाध्यक्ष सागर लामिछानेले बताए ।
गाडी चलाउने क्रममा साउदी नागरिकको मृत्यु भएपछि जेलमा रहेका चौधरीको रिहाइको पहल गर्न गैरआवासीय नेपाली संघ साउदीबाट ४ लाख ५० हजार सहयोग गर्ने प्रतिवद्वता आएकोे र उक्त रकम साउदीबाट सिधै हस्तान्तरण हुने पनि लामिछानेले जानकारी दिए ।