कारोबार संवाददाता
बुधवार, असार २५, २०७६
246

गैरआवासीय नेपाली संघ (एनआरएनए) ओमानको पाँचौं महाधिवेशनले सेवन्त पुर्जा पुनको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको प्रमुख आतिथ्यता र निवर्तमान अध्यक्ष दीपक श्रेष्ठको सभापतित्वमा सम्पन्न अधिवेशनले सर्वसम्मत रूपमा नेतृत्व चयन गरेकोे हो ।
अधिवेशनमा एनआरएनएका अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, कुल आचार्य, महासचिव डा. बद्री केसी, सचिव डीबी क्षेत्री, गल्फ संयोजक आरके शर्मा, एनआरएनए एसिया प्यासिफिक संयोजक किरणविक्रम थापा, अमेरिका क्षेत्रीय संयोजक गौरीराज जोशी, एनआरएन मध्यपूर्व सहसंयोजक प्रवीन गुुरुङ लगायतको सहभागिता रहेका थियो ।
अधिवेशनले प्रथम उपाध्यक्ष पूर्णबहादुर श्रेष्ठ, द्वित्तीय उपाध्यक्ष विकल झा, महासचिव रविन शिल्पकार, सचिव भरत अधिकारी, कोषाध्यक्ष महेश चौधरी, सहकोषाध्यक्ष रामहरी गिरी, प्रवक्ता रामकुमार तामाङ, युवा संयोजक फुर्वा लामा, महिला संयोजक रुपा कार्की चयन गरेको छ । यसैगरी सदस्यमा टेकाराम विश्वकर्मा, ललित बास्तोला, लक्ष्मीप्रसाद कोइराला, कुलबहादुर श्रेष्ठ, महेन्द्र तिवारी, रामथोकर तामाङ, सुरेश खडका, सुनु तामाङ, नरेन्द्र बराल, अर्जुनप्रसाद पौडेल, सुसन श्रेष्ठ चयन भएका छन् ।