कारोबार संवाददाता
बुधवार, जेठ २९, २०७६
199

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्ना तीन महत्वपूर्ण कार्यक्रमहरुको तालिका सार्वजानिक गरेको छ । एनआरएनएका महासचिव डा. बद्रि केसीका अनुसार संघका तीन महत्वपूर्ण कार्यहरुमा एशिया तथा प्रशान्त र युरोप क्षेत्रको क्षेत्रीय बैठक, काठमाडौमा हुने विश्व सम्मेलन र अधिवेशन रहेका छन् ।
एशिया तथा प्रशान्त क्षेत्रको ७ औं क्षेत्रीय बैठक आगामी जुलाई ६ र ७ मा म्यानमारमा हुने भएको छ । यसका साथमा सो क्षेत्रको क्षेत्रीय महिला फोरमको दोश्रो बैठक समेत हुने छ । यी बैठक नेपालको समृद्धि र लगानीमा केन्द्रित हुने जनाइएको छ । बैठकको मुख्य एजेन्डा डायस्पोरामा रहेका नेपालीहरुको राष्ट्रिय समृद्धिमा योगदान हुने भन्ने रहेको छ ।

एशिया तथा प्रशान्त क्षेत्रको सातौँ बैठक तथा महिला फोरमको दोश्रो बैठकबारे सो क्षेत्रकी महिला संयोजक जुनु गुरुङले आफूहरु हङकङमा भएको पहिलो बैठकबाट आधारशीला तयार गर्न सफल रहेको बताइन् । महिला फोरमको यो दोश्रो बैठकमा यसबीचका गतिविधि र केहि योजनाहरुका बारेमा केन्द्रित हुने महिला संयोजक गुरुङले बताइन् । स्मरणीय छ, सो क्षेत्रको महिला फोरम नयाँ भएता पनि अन्य क्षेत्रको भन्दा बढी सक्रिय रहेको छ ।
यसैगरी यूरोपियन क्षेत्रीय बैठक तथा महिला फोरम बैठक अगष्ट ३ र ४ मा इटालीको रोममा हुने भएको छ । एनआरएनए आइसीसीको निर्वाचनको मुखैमा आयोजना गरिएको सो बैठकमा संघका थुप्रै उम्मेदवारीका आकांक्षीहरुको बढी मात्रामा उपस्थिति हुने अनुमान गरिएको छ । यूरोपियन क्षेत्रीय बैठक तथा महिला फोरम बैठक उसै पनि बढी चर्चामा हुने गरेको छ ।
यसैगरी गैरआवासीय नेपाली संघको विश्व सम्मेलन तथा अधिवेशन गैरआवासीय नेपाली संघको विश्व सम्मेलन तथा अधिवेशन आगामी अक्टोबर १३ देखि १६ मा काठमाडांैमा हुने भएको छ ।