कारोबार संवाददाता
शुक्रवार, जेठ १७, २०७६
1043

गैरआवासीय नेपालीले नेपालको विकास योजनामा खेल्न सक्ने भूमिकाका सम्बन्धमा राष्ट्रिय योजना आयोगसँग छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नेपाली पोलिसी इस्टिच्युट (एनपीआई)ले गैरआवासीय नेपाली संघसँगको सहकार्यमा बैंककमा आयोजना गरेको थियो ।
छलफल विगतमा इस्टिच्युट र आयोगले आयोजना गरेको कार्यक्रमका विषयवस्तुमा भएका प्रगतिका विषयमा केन्द्रित रहेको थियो । छलफल १५ औं पञ्चवर्षिय योजना र २५ वर्षे दिर्घकालिन लक्ष्यमा बारेमा भएको थियो । नेपालको दिगो विकास लक्ष्य प्राप्त गर्न अपनाउनुपर्ने नीति र योजनामा गैरआवासीय नेपालीको भूमिकाका बारेमा पनि छलफल केन्द्रित रहेको थियो । एनपीआई एनआरएनएले थिंक ट्यांकका रुपका स्थापना गरेको विज्ञहरुको समूह हो । सो छलफलमा आयोगका सदस्य मीनबहादुर शाहीले दुई संस्थाको कार्यगत एकताका लागि सम्झौता गर्न प्रस्ताव गरेका थिए । सो अवसरमा एनपीआईका अध्यक्ष खगेन्द्र ढकालले नेपालमा प्रत्यक्ष विदेशी लगानी, गरिबी निवारण, वातावरण संरक्षण, मानविय पुँजी विकास र आर्थिक कूटनीतिको बारेमा प्रस्तुतीकरण गरेका थिए ।