कारोबार संवाददाता
बिहिवार, जेठ ९, २०७६
442

लिस्वन-पोर्चुगलमा बस्दै आएका प्रवासी नेपालीले त्याहाँका राष्ट्रपति मार्सेलो रेबेलो दि सोउजासँग पहिलो पटक भेटवार्ता गरेका छन् ।
गैर आवशिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलका अध्यक्ष कुवेर कार्की को पहलमा पोर्चुगलको नेपाली समुदायको एक प्रतिनिधी मण्डल ले मंगलवार पोर्चुगलका सम्माननिय राष्ट्रपति मार्सेलो रेबेलो दि सोउजा सँग उनको कार्यकक्ष बेलइ प्यालेसमा भेटवार्ता गरेको छ ।

पोर्चुगलमा रहेका नेपालीहरुको समस्या लगायतका विविध विषयहरुमा राष्ट्रपति सँग प्रतिनिधी मण्डलले छ्लफल गरेको थियो । नेपालमा अधिकार सम्पन्न पोर्चुगिज कुटनैतिक नियोगको स्थापना र पोर्चुगलमा नेपाल गार्डेन को निर्माण लगायतका विषयमा प्रतिनिधी मण्डलले राष्ट्रपति समक्ष ध्यानाकर्षण गराएको थियो । यसको प्रतिउत्तरमा राष्ट्रपति ले परराष्ट्र मन्त्रालय र नेपाल गार्डेन को लागि स्थानिय नगर प्रमुख सँग वार्तालाप गरि सहयोग गर्ने आश्वासन दिएका छन् ।
पोर्चुगलका राष्ट्र प्रमुखसँग नेपाली समुदायको यो पहिलो गैर कुटनीतिक भेट हो । यस भेटमा एनआरएनए अध्यक्ष कुबेर कार्की , नरेन्द्र हमाल, रमेश कुमार गुरुङ,बिनोद घिमिरे, गोबिन्द पौडेल, योगेन्द्रमिलन छन्त्याल र देव पुन सम्मिलित थिए । नेपाली समुदायको भेटघाट नितान्त नेपाली समुदायका विविध समस्याहरुलाइ के कसरी सहज बनाउन सकिन्छ भन्नेमा केन्द्रित रहेको पूर्व प्रवासी नेपाली मञ्च पोर्चुगलका अध्यक्ष गोविन्द पौडेलले बताए ।