कारोबार संवाददाता
बुधवार, जेठ ८, २०७६
327

युद्धग्रस्त लिवियामा रोजगारको आश्वासनमा अवैध रुपमा पुरयाईएका १५ नेपाली नागरिकलाई उद्दार गरी लिवियाको ट्रिपोलीमा रहेको अन्तरराष्ट्रिय आप्रवासन संगठन (आइओएम) को क्याम्पमा राखिएको छ ।
उद्दार गरी राखिएका नेपालीहरुलाई आइओएमले खाने र बस्ने प्रबन्ध र स्वदेश फिर्ताको लागि हवाई टिकटको समेत व्यवस्था मिलाएको कायारो स्थिती नेपाली राजदुताबासले जनाएको छ । उनीहरुलाई कार्यरत कम्पनीले डरत्रास देखाई काममा लगाएको र नेपाल फर्कनका लागि राहधानी समेत नदिएकोले दुतावासले ट्राभल डकुमेन्ट बनाई नेपाल फर्काउने तयारी गरिएको छ । ट्रिपोलीमा रहेको संयुक्त राष्ट्र संघीय शान्ति नियोगको नेपाली सेनाले समेत लिवियाको सुरक्षा निकाय तथा आइओएमसँग समन्वय गरी उद्दारमा सहयोग पुरयाईरहेको छ ।
युद्धग्रस्त क्षेत्रमा काम गरिरहेको ति नेपालीको उद्दारका लागि दुताबासले पटक पटक प्रयास गरी आईओएम क्यापमा ल्याउन सफल भएको जनाईएको छ । उद्दार गरिएका नेपालीको स्वास्थ्य परीक्षण र फिर्ती कागजात बनाउने कार्य भईरहेको दुताबासले जनाएको छ । यस अघि पनि मे ७ मा आइओएमको सहयोगमा लिवियाबाट ७ जना नेपालीको उद्दारगरी नेपाल ल्याईएको थियो । यि ७ नेपालीलाई इटाली पठाईदिने बहानामा नेपाली एजेन्टले लिविया पुरयाई अलपत्र पारेको थिए ।