कारोबार संवाददाता
बुधवार, जेठ ८, २०७६
396

गैरआवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको निर्वाचनमा आगामी कार्यकालको लागि सुनिल साह निर्वाचित भएका छन् । एनआरएन अमेरिकाको निर्वाचन मतपरिणामअनुसार सुनिल साहले ३ हजार ७ सय ११ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
त्यस्तै, अध्यक्षका प्रत्यासी सूर्य लम्सालले १ हजार ७ सय ९७ मत प्राप्त गरेका छन् भने अर्का प्रत्यासी सञ्जय थापाले १ हजार ५ सय ५४ मत प्राप्त गरेका थिए ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा डा. अर्जुन बञ्जाडेले २ हजार ९ सय ४९ मत प्राप्त गर्दै विजयी भएका छन् । त्यस्तै, उपाध्यक्ष (मिड वेस्ट) तर्फबाट बुद्धिसागर सुवेदीले ३ हजार ५ सय २ मत प्राप्त गरि विजयी भएको विश्व सन्देश अनलाइनले जनाएको छ । उपाध्यक्ष (नर्थ इस्ट रिजन) मा बाबुराम लामाले ३ हजार ५ सय १९ मत प्राप्त गरी विजयी भएका छन् । त्यसैगरि उपाध्यक्षमा (साउथ रिजन) कृष्णजीवी पन्तले ४ हजार ६ सय ३९ मत प्राप्त गर्दै विजयी भए । उपाध्यक्षमामा वेस्ट रिजनबाट सर्वज्ञ वाग्लेले ३ हजार ७ सय ८७ मत प्राप्त गर्दै विजयी भए । महासचिवमा पशुपति राज पाण्डेले ३ हजार ४२, सचिवमा ३ हजार ३ सय ३५ मत प्राप्त गर्दै अमृत बाबु कँडेल विजयी भएका छन् । कोषाध्यक्ष्मा नेत्र प्रसाद पोखरेल २ हजार ६ सय ७१ मत प्राप्त गर्दै विजयी भए भने सहकोषाध्यक्षमा सन्तोष कुमार विष्ट ३ हजार ८ सय ६५ मत प्राप्त गर्दै विजयी भए । त्यस्तैगरी महिला संयोजकमा दिक्षा बस्नेत ३ हजार ९ सय ४५ मत र विनोद रुवाली ३ हजार ५ सय ५० मत प्राप्त गर्दै युवा संयोजकमा निर्वाचित भएका छन् ।