कारोबार संवाददाता
बुधवार, बैशाख ११, २०७६
792

गैरआवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षमा इन्दिरा त्रिपाठीले उम्मेदवारी दर्ता गराएकी छिन् । त्रिपाठीले समाजसेवी उपेन्द्र सापकोटाको प्रस्ताव र सामाजिक अभियान्ता नेत्र प्रसाद मैनालीको समर्थनमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
उम्मेदवारी दर्तासँगै त्रिपाठीले सबैमा सहयोगको लागि आग्रह गरेकी छिन् । त्रिपाठीले विज्ञप्ति जारी गर्दै हाल वर्तमान कार्यसमितिको महिला संयोजक भई विभिन्न समितिमा रहेर सक्रिय रुपले काम गरेको जनाउँदै समयको कमीले केहि काम अझै गर्न इच्छुक रहेकोले उम्मेदवारी दिएको बताइन् । “एनआरएन अमेरिका हाम्रो राम्रो र एक पटकको नेपाली संधैको लागी नारा लिएर यस सम्बब्धि आइपर्ने कामहरु निरन्तर गर्न प्रयास गर्ने छु,” जारी विज्ञप्तीमा भनिएको छ, “विगतमा यहाँहरुले महिला संयोजक पदमा मलाई जिताउन सहयोग गर्नुभएकोले फेरी पनि पुनः सहयोग, साथ अमुल्य मतको अपेक्षा गर्दछु ।”