गोपाल संग्रौला
आइतवार, बैशाख ८, २०७६
441

रोजगारीका मलेसिया जाने कामदारको स्वास्थय परीक्षणका लागि सूचीकरणका लागि आवेदन दिएका देशभरका स्वास्थ्य संस्था तथा अस्पतालको अनुगमन तथा निरीक्षण कार्य आइतबारबाट सुरु गरिने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र श्रम मन्त्रालयको संयुक्त टोलीले आईतबारबाट सूचीकरणका लागि आवेदन दिएका १२६ संस्थाको अनुगमन तथा निरीक्षण सुरु गर्ने भएको हो ।
रोजगारीका मलेसिया जाने कामदारको स्वास्थय परीक्षणका लागि सूचीकरणका लागि आवेदन दिएका देशभरका स्वास्थ्य संस्था तथा अस्पतालको अनुगमन तथा निरीक्षण कार्य आइतबारबाट सुरु गरिने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र श्रम मन्त्रालयको संयुक्त टोलीले आईतबारबाट सूचीकरणका लागि आवेदन दिएका १२६ संस्थाको अनुगमन तथा निरीक्षण सुरु गर्ने भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार नियमावली २०६४ को नियम ४५ क तथा बैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वासथय संसथा सूचीकरण नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधी २०७२ को दफा ३ बमोजिम परीक्षण तथा अनुगमन गर्ने भएको जनाएको छ ।

मन्त्रालयका अनुसार देशैभर अनुगमनकालागि ४ वटा टोली खटिनेछन् । जसमध्ये उपत्यका बाहिरको लागि ३ वटा टोलीको म्याद १० दिनसम्म तोकिएको छ । उपत्यकामा अनुगमन गर्ने १ टोलीको म्याद १५ दिन रहने जनाइएको छ । हरेक टोलीमा स्वास्थ्य मन्त्रालयबाट ३ जना विशेषज्ञ चिकित्सक र श्रम मन्त्रालयबाट एक अधिकृत गरी ४ जना रहनेछन ।सरकारले मलसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणमा पोलिक्लिनिकहरूको एकाधिकार तोड्दै निजी अस्पताललाई सूचीकरणका लागि आवेदन माग गरेसँगै मलेसियाको स्वास्थ्य परिक्षणको सिन्डिकेट तोडिएको छ । यसअघि केही पोलिक्लिनिकले मात्र मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षण गदै आएकोमा अब देशभरका गुणस्तरिय स्वास्थ्य सेवा दिदै आएका निजी अस्पताल समेतले स्वास्थय परीक्षण गर्न पाउने छन ।सूचीकरणपछि परीक्षणमा मापदण्ड पुगेका सबै प्रदेशका स्वास्थ्य संस्थाले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने छन । तर सरकारी अस्पतालले सूचीकरणका निवेदन नदिइ सोभैm स्वास्थ्य परीक्षणमा समेत हुन निवेदन दिन सक्ने छन । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थामा सूचीकरण हुन देशभरका ४८ निजी अस्पताले सूचीकरणका लागि आवेदन दिएका छन ।
सूचीकरणको म्याद (चैत २४ गते) सम्म मेडिकल कलेज, निजी अस्पताल, नसिङ होम र पोक्लिनिक लगायतका देशभरका १२६ स्वास्थ्य संस्थाले सूचीकरणको लागि निवेदन दिएको बिशेषज्ञ समितिको सचिवालयले जनाएको छ ।यसअघि २०७१ मा सूचीकरण भएका पुराना २२६ वटा स्वास्थ्य संस्थाहरू मध्ये केहीले मलेसियाको मेडिकलमा सिन्डीकेट लगाउदै आएकोमा सरकारले ति संस्थाहरूको एकाधिकार तोडदै मापदण्ड पुगेका तर सूचीकरण नभएका स्वास्थय संस्थालाई सूचीकरण गर्न आवहान गरेको हो । सरकारले मलेसियाको मेडिकल गर्न नयाँ स्वास्थ्य संस्थालाई सूचीकरण गर्न दिएको म्याद २४ गते सकिएको थियो ।
पहिला नै सुचिकरण भएका पुराना २२६ र नयाँ सूचीकरणका लागि निवेदन दिएका १२६ रहेका छन । नयाँ सूचीकरण गर्न यस पटकबाट निजी अस्पतालहरू आएका कारण मेडिकल गर्न काठमाडौमा नै आउनु पर्ने बाध्यता हटेको छ । नयाँ निजी अस्पतालले सूचीकरणको लागि आवेदन दिएसँगै मलेसियाको स्वास्थ्य परिक्षण प्रणालीमा निजी अस्पताल तथा सरकारी अस्पतालको समेत प्रवेश हुने भएको छ । मलेसियाको स्वास्थ्य परिक्षणमा सूचीकरण हुन उपत्यकाका ३ जिल्लाबाट १६ भन्दा बढी निजी अस्पतालले श्रम मन्त्रालयमा निवेदन दिएका छन । सरकारले सूचीकरणका निवेदन दिएका र सूचीकरण भएका स्वास्थ्य संस्थाहरूलाई मलेसिया सरकारले पठाएको मापदण्डअनुसार स्वास्थ्य परीक्षणका लागि अनुमति दिने छ । मलेसियाको मेडिकलमा काठमाडौं उपत्यकासहित निजी अस्पताल आएपछि निश्चित स्वास्थ्य संस्थामा हुने भिडभाड र लामो समय पर्खने झन्झट कम हुने मन्त्रालयले जनाएको छ ।