कारोबार संवाददाता
बुधवार, फाल्गुन २९, २०७५
537

गैरआवासीय नेपाली संघ (एनआरएनए) महिला फोरम संयोजक रजनी प्रधान र सेन्टर फर माइग्रेसन एण्ड इन्टरनेशनल रिलेशन्सका प्रतिनिधीबीच वैदेशिक रोजगारमा रहेका महिलाको अवस्था एवं नेपाल फर्किएका महिलाहरुलाई पुनस्र्थापित गर्नेबारे छलफल भएको छ । सेन्टर फर माइग्रेसन एण्ड इन्टरनेशनल रिलेशन्सस्का संस्थापक अध्यक्ष दिपेन्द्र प्रधानाङ्ग, प्रबन्धक युवराज नेपाल र रिसर्च डाइरेक्टर डा. केशव बस्याल सहित सचिवालयका प्रतिनिधि सहभागी छलफलमा विदेशमा रहेका महिला कामदारको अवस्था, उनीहरुको सुुरक्षा र विदेशबाट नेपालमा फर्किएका महिलाहरुलाई पुनस्र्थापनाका लागि विभिन्न अन्तरक्रिया कार्यक्रम एवं तालिम सञ्चालन गर्ने, सशक्तिकरणका विभिन्न विकल्पहरुको खोजी गर्नेलगायतका विषयमा छलफल गरिएको थियो ।
छलफलका क्रममा अगामी दिनमा दुवै संस्थाबीच सहकार्य गरेर अघि बढ्ने र त्यसका लागि औपचारिक रुपमा सम्झौता गरी विभिन्न कार्यक्रमहरु समेत गर्ने निर्णय गरिएको एनआरएनएले जनाएको छ ।