कारोबार संवाददाता
बुधवार, फाल्गुन २९, २०७५
485

राष्ट्रिय समन्वय परिषद् रसियाले लाप्राक नमुना बस्तीअन्तर्गत ट्वाइलेटको निर्माणका लागि सहयोग १ लाख रुपैयाँ सहयोग गरेको छ । उक्त रकम एनसिसि रसियाका अध्यक्ष रामेश्वर गौतमले संघका अध्यक्ष भवन भट्टलाई हस्तान्तरण गरेका छन् ।
सहयोग कार्यको लागि संघका अध्यक्षले एनसिसि रसियालाई धन्यवाद दिँदै अन्य एनसिसिहरुलाई प्रतिबद्धता गरी बाँकी भएको रकम जम्मा गरिदिइ सहयोग गर्नको लागि अनुरोध गरेका छन् । साथै उनले लाप्राक नमुना बस्तीको निर्माण कार्य अन्तिम चरणमा पुगेको पनि जानकारी गराएका थिए । सो कार्यक्रममा संघका अध्यक्ष लगायत महिला संयोजक रजनी प्रधान, एनसिसि रसियाका अध्यक्ष रामेश्वर गौतम, कोषाध्यक्ष गोविन्द प्रसाद आचार्य, संरक्षक खेम राज लामिछाने र सदस्य संज्ञान कार्कीको उपस्थिति रहेको थियो ।