कारोबार संवाददाता
मंगलबार, फाल्गुन २८, २०७५
681

म्याड्रिड-नेपालमा हुने लगानी सम्मेलनको पूर्वसंन्ध्यामा स्पेनस्थित नेपाली राजदुताबासले स्पेनीश ब्यावसायिहरुलाई बोलाएर एक एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । नेपालमा लगानी तथा ब्यापारको सम्भावनाको राम्रो भएकाले लगानीकर्ताहरुलाई नेपालको वर्तमान अवस्था स्थिर र वलियो सरकार भएको अवस्था तथा लगानी मैत्री वातावरण बारेमा छलफल गरिएको कार्यबाहक राजदुत हरिहर कान्त पौडेलले बताए । दुताबासले आयोजना गरेको उक्त छलफल कार्यक्रममा ४० भन्दा बढि स्पेनका सफल ब्यावसायिहरुलाई नेपालको सम्भाब्यता बढि रहेकोले कुनैपनि समस्या आईपरे लगानीको सुरक्षा नेपाल सरकारले प्रत्याभुति गर्ने गरी कानून परिमार्जन गर्न लागिएको पनि जानकारी दिए ।
नेपाल सरकारले लगानी सुरक्षा,लगानीमैत्री कानुनको ब्यवस्था तथा प्रतिफल लैजान पाउने विषयमा सरकारले स्पष्ट ब्यवस्था गरेकाले नापmा सहज तरिकाले पिmर्ता लैजान पाउने व्यवस्था भएकोले व्ययवसायिहरुलाई ढुक्क भएर नेपाललाई लगानीको नया गन्तव्य बनाउन आग्रह गरिएको थियो ।

नेपाल सरकारले मार्च २९ र ३० मा गर्न लागेको सम्मेलनलाई ध्यानमा राखेर स्पेनबाट जति सक्दो धेरै लगानीकर्ता पुर्याउने हाम्रै उदेश्य रहेको छ । काठमाण्डौमा हुने लगानी सम्मेलनलाई सफल बनाउन नेपाली दुताबास कम्मर कसेर लागि परेकोमा स्पेनबासी नेपालीहरु खुसी भएका छन् ।
दुताबासको सक्रियतामा नेपाल जाने सम्भावित ईच्छुक २० जना लगानीकर्ता रहेको र स्पेनीस लगानीकर्ताहरुको नाम परराष्ट्र मन्त्रालय पठाईको र निमन्त्रणा नेपाल आउना साथै ससम्मान वितरण गरी गरिने दुताबासले जनाएको छ ।
स्पेनको म्याड्रिडमा रेष्टुरेन्ट व्यावसाय गदै आएका एनआरएनए ग्रान क्यानरियाका निर्वतमान अध्यक्ष तथा समाजसेवी गगन कुव“र भन्छन् दुताबास स्थापना भएको एक वर्ष देखि कुनैपनि गतिविधि नभैरहेको अवस्थामा हाल दुताबासले नेपालीहरु संग छलफल तथा परामर्श गरेर काम गरेकोमा खुशि ब्यक्त गर्छन् । कुव“रले भने नियोग संञ्चालनमा आए देखि पहिलो पल्ट दुताबासले नेपाललाई समृद्धिको बाटोतर्फ लैजानका निम्ती स्पेनको विभिन्न शहरहरुमा यस्ता कार्यक्रमको आयोजना हुनुपर्ने बताउछन् ।
उक्त छलफल कार्यक्रममा एनआरएनए स्पेनका प्रतिनिधिहरु तथा एनआरएनए युरोप उपसंयोजक लगायतका नेपालबाटै आएका व्यवसायीहरुको सहभागिता रहेको थियो ।