कारोबार संवाददाता
बुधवार, पुष १८, २०७५
828

यूएई । गत शुक्रबार दुबईको अलकुज डुलस्को हलमा तमु प्ये ल्हु संघ यूएईको आयोजनामा तमु फो ल्होसार कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नेपाली समाज यूएईका अध्यक्ष चन्द्रप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा लोक दोहोरी गायक राजु पहच्यु तमु, गायिका टौ सुवा पहच्यु सबिना तमु, तमु प्ये ल्हु संघ लमजुङ जिल्ला युवा कार्यसमितिका नव प्रतिभा नृत्यांगना सरस्वती तहार तमु र रेशम खुलल तमु, नेपाल आदिवासी जनजाति महासंघ यूएईका अध्यक्ष पासाङ शेर्पा, तमु समाज यूएईका अध्यक्ष उषा कोन्मे तमुश्यो, नेपाल मगर संघ यूएईका अध्यक्ष टंक थापा मगर, पत्रकार महासंघ यूएई शाखाका अध्यक्ष भुपराज बस्याल, लमजुङ समाज यूएईका अध्यक्ष महेश पराजुली, कास्की आदर्श समाज यूएईका अध्यक्ष केदार कुँवर, दुबई क्षेत्रीय अध्यक्ष शिवकुमार श्रेष्ठलगायत करिब सात सयको हाराहारीमा उपस्थिती रहेको थियो ।