कारोबार संवाददाता
बिहिवार, श्रावण ३१, २०७५
557

महिला पहिरनको लागि विख्यात भारतीय ब्रान्ड ‘डब्लू’ को नेपालस्थित आधिकारिक विक्रेता पिनाकल ब्रान्ड प्रालिले आफ्नो दोस्रो स्टोर शुभारम्भ गरेको छ । ललितपुरस्थित लविम मलको पहिलो तल्लामा रहेको आफ्नो स्टोरबाट सो प्रालिले साउन १४ गतेदेखि आफ्नो कारोबार सुरु गरेको जनाउँदै पछिल्लो पश्चिमा फेसन मुकावहरूबाट पे्ररणा लिँदै भारतीय संस्कृति सुहाउँदो डिजाइन गर्ने भनी चिनिएका डिजाइनरहरूबाट सिर्जित लुगाहरू उक्त स्टोरमा प्राप्त हुने बताएको छ ।