कारोबार संवाददाता
सोमवार, श्रावण १२, २०७७
445

युवा साहित्यकार रिमा भट्टराईको प्रथम पुस्तक ‘मेरो बुबा’ को एक कार्यक्रमका बिच राजधानीमा बिमोचन गरिएको छ ।
प्रमुख अतिथि पुर्व मन्त्री उर्मिला अर्यालले सो पुसतक सार्वजनिक गर्दै नेपाली समाजमा पुरानै प्रवृति हावि भएकाले नयाँ सृजना अहिलेको आवश्यकता रहको बताइन् । लेखिकाले नयाँ सोचका साथ समाजमा भएका बिसंगति, बिकृतिमा लिप्त युवाहरुलाई घुमाउरो पारामा प्रहार गर्नुका साथै कुनै पनि ब्यक्तिको सफलताको पछाडी परिवारमा आमा र बुवाको ठुलो हात रहने कुरा यो पुस्तकमा रहेको उल्लेख गरिन् । त्यसै गरी उद्घोषक भागिरथ पोखरेल र समाजसेवी तथा राजनीतिज्ञ नबिन्द्र थिङले पनि आफ्ना धारणा राखेका थिए ।

बुबालाई केन्द्रमा राखेर परिवार र पारिवारिक सम्बन्धको विवेचना गर्दै सो कृति सृजना गरिएको हो । लेखिकाले आमाको बराबर नै बुबाको महत्व हुने कुरा कृतिमा उल्लेख गरेकाी छिन् । पुस्तकमा रिमाले नेपाली समाजको दृष्टिकोण, जात धर्म प्रतिको विभेद ,लैङ्गिक विभेद जस्ता विषयलाई पुस्तकमा उतारेकी छिन् । मानविय दुख, पीडा, खुशी र मान्छेको महत्व जस्ता विषय पुस्तकमा समाविष्ट छ्न् ।
पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शुभकामना सन्देशमा आफ्नो ईतिहास, उत्पती र सस्कृतिबारे ज्ञान नभएको व्यक्ति जराबिनाको रुख जस्तै हो भन्ने मार्कस गार्भेको भनाई उद्घृत गदै पुस्तक बारे भनेका छिन् । आमाको बारेमा धेरै लेखिन्छ, पढिन्छ तर बुबाको बारेमा तुलनात्मक रुपमा धेरै कम नै लेखिन्छ ।
महिलाका समस्या, देशका आन्तरिक समस्या, साथी संगतको प्रभाव, गाउँ घरका याद, शिव दर्शन भक्ति, कुलथानी उत्पत्ति, बाबाको भोगाई र विचार लगायतका विषय पुस्तकमा रहेको छ । बाल्यअवस्थादेखि अहिलेसम्म आफ्नो जिवनमा आएका उतारचढावलाई रिमाले लेख्ने कोशिस गरेकी छन् ।

डिजिटल प्रविधीले पढ्ने बानी घटिरहेको अवस्थामा युवा लेखिकाले पुस्तक प्रकाशित गरेर अप्रत्यक्ष रुपमा लेख्ने र पढ्ने बानीको विकास गर्न अनुरोध गरेकी छिन् ।