कारोबार संवाददाता
बुधवार, जेठ २१, २०७७
1037

कोरोनाबाट उत्पन्न परिस्थितिमा फिल्डमै खटिनुपर्ने विभिन्न सञ्चार गृहमा कार्यरत फोटो पत्रकारहरुलाई मास्क र स्यानिटाइजर सहयोग गरिएको छ ।
हिलसाइड कलेज अफ इन्जिनियरिङका प्रबन्ध निर्देशक तथा नागरिक हेल्थ ट्रस्टका अध्यक्ष गोपीकृष्ण न्यौपानेले फोटो पत्रकारहरुका लागि ७० थान केएन ९५ मास्क र नेपाली कांग्रेसका सांसद तथा सुमी फर्मास्युटिकल्सका निर्देशक कर्मा घलेले २०० थान स्यानिटाइजर फोटो पत्रकार क्लबलाई हस्तान्तरण गरेका छन् ।

सो क्रममा फोटो पत्रकारहरुलाई कलेजका तर्फबाट सहयोग गर्न पाउँदा खुसी लागेको अध्यक्ष न्यौपाने बताए । यस्तै सांसद घलेले पनि फोटो पत्रकारहरुको मनोबल उच्च होस् भन्ने हेतुले सहयोग गरिएको बताए ।
प्राप्त सामग्रीहरु अग्रपंक्तिमा खटिएका ७० फोटो पत्रकारहरुलाई नै वितरण गरिएको क्लबका प्रवक्ता दीपेश श्रेष्ठले विज्ञप्तिमार्फत जनाएका छन् ।