कारोबार संवाददाता
सोमवार, चैत्र ३, २०७६
378

प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल २०१९ का विजेता विवेश श्रेष्ठले फिलिपिन्समा आयोजित म्यानहन्ट इन्टरनेसनलको २९ औं संस्करणमा मिस्टर पर्सनालिटीको प्रतिष्ठित उपाधि जितेका छन् ।
डाबर नेपालको कर्पोरेट कार्यालयमा आयोजित एक समारोहका बीचमा डाबर नेपालका सेल्स तथा मार्केटिङप्रमुख उपेन्द्र प्रधान र मार्केटिङ प्रमुख अभय गोर्खालीले श्रेष्ठलाई उनको विशेष उपलब्धिका लागि बधाई दिनुका साथै सम्मान प्रदान गरे । सोही कार्यक्रममा डाबर नेपालले श्रेष्ठलाई आफ्नो ब्रान्ड प्रोस्टाइलको ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त गरेर एमओयूमा हस्ताक्षर गरेका छन् ।

श्रेष्ठले प्रतियोगिताको अनुभवहरू सुनाउँदै आफूले ३५ देशका प्रतियोगीमध्ये यो उपाधि जित्दा आफूलाई गर्व महसुस भएको कुरा बताए ।
उनले आफूलाई यस यात्रामा साथदिने सबै जनामा कृतज्ञता ज्ञापन गरेका छन् । यसका साथै डाबर नेपाललाई निरन्तर साथ र अन्तर्राष्ट्रिय मञ्चमा पुग्ने मौका प्रदान गरेकोमा आभार प्रकट गरेका छन् ।
विगत ६ वर्षदेखि डाबर नेपालको पुरुष लक्षित ब्रान्ड प्रोस्टाइल र ग्रुप अफ इभेन्ट इन्टरटेनसनले संयुक्त रूपमा प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल सञ्चालन गर्दै आएका छन् ।
यस वर्षको म्यानहन्ट इन्टरनेसनल नेपालको सातौ संस्करणमा पनि प्रोस्टाइलले ग्रुप अफ इभेन्ट इन्टरटनेससँग संयुक्त रूपमा सञ्चालन गर्न लागेको छ । यस कार्यक्रमको फिनाले यही आउँदा चैत १२ गते हुन गइरहेको छ ।