कारोबार संवाददाता
बिहिवार, फाल्गुन २९, २०७६
360

विश्व आर्थिक मञ्च (वल्र्ड इकोनोमिक फोरम) ले युवा सशक्तिकरण तथा सामाजिक न्यायको प्रवद्र्धनमा पु-याएको योगदानको कदर गर्दै नेपाली युवा प्रदिप परियारलाई योङ ग्लोबल लिडर्स २०२० अवार्डबाट सम्मानित गरेको छ ।
मञ्चका संस्थापक क्लाउस स्वाबले सन् २००४ मा वाईजिएल फोरम स्थापना गर्दै यो अवार्ड सुरू गरेका हुन् । विश्वमा बढ्दो जटिलता एवं चुनौतीहरू सामना गर्न सक्षम युवा नेतृत्व विकास गर्ने उद्देश्यले यो अवार्डको स्थापना गरिएको हो ।

परियार यो वर्ष वाइजिएल अवार्डबाट सम्मानित हुने एक्ला नेपाली युवा हुन् । यसअघि सन् २०१५ मा नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले यो अवार्ड पाएका थिए ।
हाल समता फाउण्डेसनको कार्यकारी अध्यक्षका रूपमा कार्यरत परियारले युवा, शान्ति निर्माण र सामाजिक न्यायसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति निर्माण गर्न १८ वर्षभन्दा लामो समय काम गरेका छन् ।