कारोबार संवाददाता
बिहिवार, फाल्गुन २९, २०७६
374

‘बुदिंया भिंतुना’ कभर गीत प्रतियोगिताका उत्कृष्ट ५ प्रतिस्पर्धीको गीत संग्रहित नेपाल भाषाको गीति संग्रह ‘सिरपा’ सार्वजनिक भएको छ । आर्टोम्यूज रेकर्डिङ स्टुडियोले निर्माण एवं प्रस्तुत गरेको यस गीति संग्रह सिरपा (अर्थात् पुरस्कार) मा संगीतकार जुगल डंगोलद्वारा संगीतवद्ध गीतहरु संग्रहित छन् । सुरजवीर बज्राचार्यको शब्द र स्वरमा जुगल डंगोलले संगीत संयोजन गरेको जन्मदिनको शुभकामना गीत ‘बुदिंया भिंतुना’को कभर प्रतिस्पर्धामा १२१ प्रतिस्पर्धीले भाग लिएका थिए ।
प्रतियोगिता पेजथ्री बाःछिपौ (पाक्षिक) को आयोजनामा भएको थियो । ‘सिरपा’ गीति संग्रहमा सुरजवीरकै शब्दमा सर्वोत्कृष्ट गायक उत्तम महर्जनको ‘मफुत म्वाय् थ्व जीवन’, दर्शनवीर शाक्यको शब्द र मुकेश शाक्यको स्वरमा ‘छंगु हे खँ ला खः’ प्रकाश दीप श्रेष्ठको शब्द र सुमन मानन्धरको स्वरमा ‘भुतुमाली ब्वःथें’, पूर्णकाजी ज्यापुको शब्द र रविन्सन कसाःको स्वरमा ‘बांलाबांलाचिंगु मिखा’ हरिराम महर्जन थेचोको शब्द र परमेश मल्लको स्वरमा सिरिसिरि वसन्तया फसय्’ गीत रहेको छ ।