कारोबार संवाददाता
बिहिवार, पुष २४, २०७६
362

नेपालको प्राकृतिक सम्पदाको विश्वमा प्रवद्र्धन गर्ने लक्ष्यसहित सगरमाथाको कालापत्थरमा ‘द माउन्ट एभरेष्ट फेसन रनवे’ हुने भएको छ । फेसन रनवे जनवरी २६ का दिन हुन लागेको हो ।
कासा र आरवि डायमण्डको आयोजनामा नेपाल भ्रमर्ण वर्ष–२०२० सचिवालय र नेपाल पर्यटन बोर्डको सहकार्यमा सो फेसन सो ५ हजार ६ सय ४४ मिटरको उचाइमा ४५ मिनेट आयोजना हुने आयोजकले जनाएको छ ।
हाल सम्म १२ देशका मोडल आउने पक्का भएको आयोजकले जनाएको छ । फेसन रनवेमा मोडलहरु नेपाली मौलिक फाइबरले बनेका कपडा तथा आभूषणमा सजिएर प्रस्तुत हुनेछन्, जसको संयोजन फेसन डिजाइनर रमिला नेम्कुलले गर्ने छिन् । कार्यक्रममा इटली, नेदरल्याड, घाना, रोमानिया, श्रीलंका, मलेसिया, भारत, सर्विया, पोल्याड लगायतका मोडलहरु फेसन रनवेमा सहभागी हुनेछन् ।